‘डन ३’ मा दीपिका नहुने

केहीदिन अगाडि एउटा खबर बाहिरिएको थियो कि बलिउड स्टार शाहरुख खानको फिल्म ‘डन ३’ मा नायिका दीपिका पादुकोण मुख्य भूमिकामा हुन सक्छिन् । तर, यो खबरलाई खण्डन गर्दै फिल्म निर्माता रितेश सिधवानीले ‘डन ३’ मा दीपिका नहुने बताएका छन् ।

‘डन’को पहिलो र दोस्रो पार्टमा नायिका प्रियंका चोपडा मुख्य भूमिकामा थिइन् । सिधवानीले ‘डन ३’ को कहानी पूरै फरक हुने बताए । उनले भने, ‘दीपिका ‘डन’ को सदस्य बन्ने कुरा गलत हो ।’ उनले शुक्रवार रिलिज भएको आफ्नो फिल्म ‘फुकरे रिटर्न्स’को सफलताको पार्टीमा मीडियाकर्मिमाझ यो कुराको खुलासा गरेका हुन् ।

‘डन ३’ मा प्रियंका हुनेछिन् वा छैनन् यो भने निर्माता सिधवानीले बताउन चाहेनन् । एक्सेल इन्टरटेन्मेन्टको डन फ्रेन्चाइजीको बारेमा सिधवानीले भने, ‘हामी अहिले यो फिल्मको तयारी गरिरहेका छौं । चाँडै फिल्मको घोषणा गर्नेछौं ।’

Source: FilmyKhabar

जिल्ला खेलकुद विकास समितिमा बुद्धि प्रधान

भदौ ४, नुवाकोट नुवाकोट जिल्ला खेलकुद विकास समितिका नव नियुक्त पदाधिकारीहरुको स्वागत तथा पदस्थापना कार्यक्रम बिहिबार सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समितिका पदेन ...