प्रतिनिधिसभा र प्रदेशसभाका सबै नतिजा सार्वजनिक, प्रत्यक्षमा वाम गठबन्धनलाई दुई तिहाई बहुमत

रसुवा मंसिर २७,मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पुर्ण नतिजा सार्वजनिक भएको छ । अन्तिम नतिजामा वाम गठबन्धन दुई तिहाई बहुमत सहित निर्वाचन आफ्नो पक्षमा पार्न सफल भयो ।

मनाङबाट सबै भन्दा पहिले आउन सुरू भएको निर्वाचन नतिजा बुधबार सुनसरी निर्वाचन क्षेत्र नं. ३ को प्रतिनिधिसभाको मतगणना समापनसंगै १६५ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ ।

निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त जानकारी अनुसार, प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ३३० वटै निर्वाचन क्षेत्रको मतगणना कार्य समाप्त भइसकेको छ ।

हालसम्म प्राप्त विवरण अनुसार, प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले) ८०, नेकपा (माओवादी केन्द्र)३६, नेपाली काँग्रेस २३, राष्ट्रिय जनता पार्टी ११ र संघीय समाजवादी फोरम, नेपालले १० प्रतिनिधि निर्वाचित भएका छन । यसैगरी, नयाँ शक्ति पार्टी नेपालका १, नेपाल मजदूर किसान पार्टी १, राष्ट्रिय जनमोर्चाका १ र राष्ट्रिय प्रजातन्त्र पार्टी १ प्रतिनिधि तथा स्वतन्त्र १ जना निर्वाचित भएका छन । प्रतिनिधिसभातर्फ ६ जना महिला निर्वाचित भएका छन ।

प्रदेशसभामा पनि वाम कै दुई तिहाई

यसैगरी, प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ नेकपा (एमाले) १६८, नेकपा (माओवादी केन्द्र) ७३, नेपाली काँग्रेस ४१, संघीय समाजवादी फोरम २४, राष्ट्रिय जनता पाटी १६, स्वतन्त्र ३, नयाँ शक्ति पार्टी २, राष्ट्रिय जनमोर्चा २, नेपाल मजदुर किसान पार्टी १ जना निर्वाचित भएका छन । प्रदेशसभातर्फ १७ जना महिला उम्मेदवार विजयी भएका छन ।

प्रधानमन्त्री ओली विरुद्ध सर्वोच्चमा रिट

२३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। संघीय संसदको सपथ नलिई प्रधानमन्त्री बनेको भन्दै ओली विरुद्ध अधिवक्ता यज्ञमणि न्यौपानेले रिट ...