प्रत्यक्षमा महिला कम

रसुवा मंसिर २८, प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ६ जनामहिलानिर्वाचितभएका छन् । माओवादी केन्द्रबाट पम्फा भुसाल, कमला रोका र विना मगर तथा एमालेबाट पवित्रा निरौला खरेल,पद्माकुमारी अर्याल र राष्ट्रिय जनमोर्चाकादुर्गा पौडेल विजयीहुनुभएको हो ।

प्रदेशसभातर्फ १७ महिला निर्वाचित भएका छन् । निर्वाचन आयोगले दिएको जानकारी अनुसार प्रदेश १, ४ र ५ मादुईदुई जना, २ र ३ मापाँचपाच र ७मा एक महिला निर्वाचित भएका छन् । प्रतिनीधि र प्रदेशसभामा कांग्रेसबाट कोहीपनि महिला निर्वाचितहुन सकेनन् ।

प्रदेशतर्फ एमालेबाट ८ र माओवादीबाट ७ तथा राजपाबाट २ महिला प्रत्यक्ष निर्वाचित भएका छन् । प्रतिनीधि तथा प्रदेशसभाको प्रत्यक्षतर्फ महिला कम भएपछि अब समानुपातिकबाट धेरै सांसद बन्ने भएका छन् । संसदमा ३३ प्रतिशत महिला भनेपनि दलहरुले प्रत्यक्षतर्फ कम महिलालाई उठाउँदा समानुपातिकबाट धेरै महिला आउने भएकाहुन् ।

मौसम बदलीका कारण आज रसुवा र नुवाकोट लगाएतका जिल्लामा हल्का पानी पर्यो

रसुवा मंसिर २०, मौसम बदलीका कारण आज विहान नुवाकोट रसुवा र धादिङ लगाएतका जिल्लामा हल्का पानी परेको छ भने मनाङ लगायतका हिमाली जिल्लामा भने हिमपात ...