पराजयसँगै नेपालीकांग्रेस भित्र नेतृत्वमाथि टिका टिप्पणी शुरु

काठमाण्डौ मंसिर २७, निर्वाचनमा भोगेको पराजयसँगै नेपालीकांग्रेस भित्र नेतृत्वमाथि टिका टिप्पणी शुरु भएको कतिपय युवा नेताहरुले कांगे्रसको पराजयको जिम्मेवारी शिर्ष नेताहरुले लिनुपर्ने बताएका छन् ।

तर शिर्ष तहका नेताहरुले पराजयकै कारण नेतृत्वको आलोचनागर्नु उपर्युक्त नभएको बताएका छन् । पत्रबारहरुसँग कुरा गर्दै कांग्रेस नेताआनन्द प्रसाद ढुंगानाले हार जित स्वभाविकभएकाले नेतृत्व परिवर्तनको कुरा उठाउनु सान्दर्भिक नभएको बताउनुभयो ।

कांग्रेस भित्र केहि कमिकमजोरी रहेपनि, छलफल गरि व्यवस्थापन गरेर जान सकिने उहाँले बताउनुभयो । तर कांग्रेस नेताधनराज गुरुङले शिर्ष नेताहरुले आफ्नो कार्यशैलीबारे समिक्षागर्दै दोस्रो पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने सहि समयको आएको बताउनुभएको छ ।

सरकारको नेतृत्वगरिरहेको दलको यति ठुलो पराजय स्वभाविकनभएकाले नेतृत्वमाथिप्रश्न उठ्ने उहाँले बताउनुभयो । उहाँले कांग्रेसको अबयुवा नेताको काँधमाआउनु पर्ने समेत बताउनुभयो ।

सरकारले प्रहरी नायव महानिरीक्षक (डीआइजी)लाई नै प्रदेश प्रहरी प्रमुख बनाउने

सरकारले प्रहरी नायव महानिरीक्षक (डीआइजी)लाई नै प्रदेश प्रहरी प्रमुख बनाउने भएको छ । सोहीअनुसार प्रहरी अतिरिक्त महानिरीक्षकको बढुवा थाँती राखेर सरकारले १६ जना प्रहरी वरिष्ठ ...