विस्थापित भुकम्प पिडितहरुको स्तान्तरण शुरु

रसुवा मंसिर २९, रसुवामा भूकम्प पिडितहरुको स्थानान्तरण प्रक्रिया सुरु भएको छ । भूकम्पको कारण गाउँमा सुख्खा पहिरो झरेको र जमिन चिरा परेको कारण अन्यत्र बसिरहेका विस्थापितको स्थानान्तरण प्रक्रिया सुरु भएको पुननिर्माण प्राधिकरण रसुवाले जनाएको छ ।

पहिलो चरणमा उत्तरगया गाउँपालिका वडा नं ३ डाडाँगाउँबाट विस्थापित भइ शान्ति बजारमा बसिरहेका विस्थापितको पुनर्वास प्रक्रिया सुरु भएको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयले जनाएको छ ।
डाडाँगाउँबाट विस्थापित भएर शान्तिबजारमा बसिरहेका २४ परिवारका लागि चार रोपनी १० आना जग्गा खरिद गरेर पुनर्वास गर्न लागिएको सचिवालयका प्रमुख कृष्णकान्त उपाध्यायले बताउनुभयो ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयले बिहीबार सदरमुकाम धुन्चेमा एक कार्यक्रम गरी चेक तथा पूर्जा हस्तान्तरण गरेसँगै प्रक्रिया अघि बढेको छ । प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानले जग्गाधनी मैँया भट्टलाई चेक तथा प्रभावित वीेरबहादुर तामाङलाई संयक्त पूर्जा हस्तान्तरण गर्नुभएको हो ।

पििडतहरुको लागि नुवाकोटको किस्पाङ गाउँपालिका–५ मा जग्गा भूकम्प प्रभावितका लागि ४८ लाखमा जग्गा खरिद गरिएको हो । डाँडागाउँका भूकम्प प्रभावितले स्वेच्छिक रुपमा पूरानो गाउँ डाँडागाउँ नजिकै जग्गा खरिद गरेका हुन् । जग्गा खरिद गरेका स्थानमा जीविकोपार्जनका लागि स्थान नभएकाले खेतीपाती गर्ने समयमा गाउँ फर्कन सहज हुने आशामा किस्पाङमा जग्गा खरिद गरेको डाँडागाउँका भूकम्प प्रभावित विरबहादुर तामाङले बताए ।

विस्थापितलाई जग्गा खरिद गर्नका लागि जिल्ला भूमि अधिकार मन्च र सामुदायिक आत्मनिर्भर केन्द्रले सहयोग र्पुयाएको छ । मालपोतमा गर्नुपर्ने कागजी प्रक्रिया लगायतमा यी दुई संस्थाले सहयोग गर्दै आएका छन् । साढे दुई वर्षदेखि विस्थापित जीवन बिताइरहेका २४ घरपरिवारले जग्गा खरिद गरेसँगै ठूलो राहत महसुस गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले घडेरी खरिदका लागि प्रतिपरिवार दुई लाख रुपैयाँ उपलब्ध गराएकोमा अपुग रकम प्रभावितले नै तिरेका छन् ।

१२९ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस विविध कार्यक्रम गरी मनाइँदै

यस वर्षको १२९ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस विविध कार्यक्रम गरी मनाइँदैछ ।सन् १८८६ मा अमेरिकाको सिकागोमा  ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन ...