रसुवाको सरकारी वकिल कार्यालयको भवन निर्माण गरियो

रसुवा, पुस २,रसुवामा जिल्ला सरकारी वकिल कार्यालयको भवन निर्माण गरिएको छ । पुरानो भवन साँघुरो र जोखिमपूर्ण भएको भन्दै २०७१ फागुनबाट कार्यालय निर्माण थालिएको थियो । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण सुरु गरिए पनि भूकम्पको कारण ढिलो गरि निर्माण सम्पन्न गरिएको हो ।

भूकम्पपछि कार्यलयमा क्षति पुगेपछि जिल्ला अदालतमा कार्यालय स्थापना गरी सेवा प्रवाह गर्दै आएको थियो । २ करोड ५८ लाखको लागतमा कार्यालयको स्थापना गरिएको हो । १६ कोठा रहेको उक्त भवनमा पीडितमैत्री कक्ष तथा बालबालिकाको लागि छुट्टाछुट्टै कक्ष निर्माण गरिएको निमित्त जिल्ला न्यायधिवक्ता बासुदेब लम्सालले बताउनुभयो ।

भवन निर्माण भएसँगै कार्यसम्पादनमा सहज हुने विश्वास गरिएको छ । नवनिर्मित भवन आइतबार नायव महान्यायधिवक्ता बद्रीप्रसाद गौतम र महान्यायाधिवक्ता बसन्तराज भण्डारीले रिबन काटेर उद्घाटन गर्नुभएको छ ।

रसुवामा कन्टेनर दुर्घटना हुँदा ३ को मृत्यु, एक गम्भीर घाइते

रसुवाको गोसाईकुण्ड गाउँपालिका–५ स्थित याङयाङ खोलामा कन्टेनर दुर्घटना भएको छ ।कन्टेनर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन ।धुन्चेबाट ...