महिलामैत्री निर्जलाको धमाधम निर्माण

देवचन्द्र भट्ट,नुवाकोट पुस २, नारी प्रधान चलचित्र निर्जलाको निर्माणका लागि छायांकन सुरु भएको छ । नेपाली समाजमा नारीमाथि भइरहेका अन्याय तथा थिचोमिचोलाई उठान गरिएको यस चलचित्रमा एकसाथ नायिका थापाका साथमा नायक किशोर खतिवडा देखिने भएका छन् ।
ओरालो लागेको नेपाली चलचित्र क्षेत्रको साख कायमै राख्नका लागि चलचित्रमा नयां र प्रविधियुक्त प्रयोग गरिन थालिएको छ । दर्शकहरु तान्न र मन जित्नका लागी नेपाली चलचित्र उद्योगलाई महिलामैत्री वनाउन लागिएको छ ।

नेपालको चलचित्र क्षेत्रको ४० वर्षे इतिहासमा पहिलो पटक अनुभवी तथा सफल निर्देशक तथा निर्माताले नेपाली महिलामैत्री चलचित्र निर्माण सुरु गरेका छन् । यसवाट तीन करोड जनसंख्या रहेको नेपाली तथा ३३ करोड रहेको भोजपुरी भाषी दर्शकले एउटै रुचाउने आशा गरिएको छ ।
नेपाली चलचित्र उद्योगमा लामो समयदेखि सफल चलचित्र निर्देशन गर्दै आएका सफल निर्देशक राजु गिरी दुई दशक अगाडि आफैं कलाकार वन्ने लक्ष्यका साथ नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका निर्देशक राजु गिरीले विन्दास १, २, ३ मखमली, टाइगर द रियल हिरो, हत्याकाण्ड, देवराज, जिस्म, रक्षालगायत १३ वटा सफल चलचित्र निर्माण गरिसकेका छन् । गिरीले निर्देशन गरेको यो १५ औं चलचित्र हो ।

उनको निर्देशनमा नायिका शुभेच्छा थापा अभिनित चलचित्र निर्जलाको छायांकन कार्य धमाधम भइरहेको छ । चलचित्र ”निर्जला” सुभेच्छा सिने फ्रेम र राजु गिरी प्रोडक्सन मार्फत निर्माण भइरहेको छ । शुभेच्छा थापासंगै चलचित्रमा पहिलो पटक नायक किशोर खतिवडाको अभिनय धमाधम भइरहेको छ । नारी कथानक चलचित्र ”निर्जला” को छायांकन भक्तपुरस्थित विश्वसम्पदाको सूचिमा परेका विभिन्न सुन्दरस्थलहरुमा भइरहेको नायिका शुभेच्छा थापाले वताइन् ।

चलचित्रको मुख्य भुमिकामा नायिका शुभेच्छा थापा, किशोर खतिवडा, मदन सिटौला, रश्मी भट्ट, पल्पसा डङ्गोल, निक शर्मा, राजीव कुमार, गोबिन्द के गुर्मछान, भीमप्रसाद खनाल, प्रेम पौडेल, जयनन्द लामा, भीम खनाल प्रकाश न्यौपाने लगायतको आकर्षक अभिनय रहने निर्देशक राजु गिरीले वताए । निर्देशक गिरीका अनुसार चलचित्र ”निर्जला” को छायांकन भक्तपुर, काठमाडौ, धादिङको तोप्लाङ लगायत प्राकृतिक सुन्दरताले भरिएको स्थलहरुमा हुने छ ।

नायक किशोर खतिवडाले निर्जलासगै आफ्नो अरु ५ चलचित्रको पनि सुटिङ भइरहेको वताए । निर्जला नारी प्रधान चलचित्र भएकाले निर्जला बिशेष छ । निर्माता प्रकाश न्यौपानेद्वारा निर्मित चलचित्र ”निर्जला” मा संगीत बाबुल गिरिले भरेका छन् भने छायांकन बासुु बरालले गरिरहेका छन् ।
चलचित्र ”निर्जला” का लागि निर्देशक राजु गिरी र नायिका शुभेच्छा थापालाई निर्माता प्रकाश न्यौपानेले अहिलेसम्मकै महंगो रकममा सम्झौता गराउन सफल भएकाले पनि बजार बढी चर्चाको विषय बनेको जनाइएको छ । तर, कति रकममा सम्झौता गरेको भन्ने निर्देशक गिरी र नायिका सुभेच्छा थापाले वताउन चाहेनन् ।

टानमा वाम बर्चश्व, दाहाल बने अध्यक्ष

काठमाडौं १३ कात्तिक, ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षसहित अधिकांश पदमा वामपन्थी प्यानल विजयी भएको छ । लोकतान्त्रिक प्यानलले वरिष्ठ उपाध्यक्षसहित केही सदस्य ...