रसुवामा नेपाल पदयात्रा अझै जारी

रसुवा पुस ८, २०७२ बैशाख १२ र त्यसपछिको भुकम्पद्वारा ज्यान गुमाएका रसुवालीहरूको मुक्तिको कामना गर्दै रसुवामा शुरु भएको नेपाल पदयात्रा अझै जारी छ ।

काठमाण्डौ स्थित सेतो गुम्बा र योङ ड्रुक्पा एसोसियसन नेपालद्वारा आयोजित उक्त पैदलयात्रामा स्वदेशी तथा बिदेशी गरि २५० भन्दा बढी ब्यक्ति सहभागिता रहेको छ ।

उक्त भ्रमणमा भुकम्पमा परि मृत्यु भएको मृतकहरुको अत्माले शन्ति प्राप्त होस,भुकम्पले क्षति भएका संरचनाहरुको पुन निर्माण गर्न पीडितहरुको मनोबल बृद्वि होस, नेपालको हिमाली क्षेत्रहरुमा पद यात्राको मध्यमबाट फोहरमैला मुक्त र प्लास्टिक मुक्त क्षेत्रको रुपमा स्थापित होस् भन्ने अभिप्रायले गत मंगलबारबाट संचालन भएको नेपाल पदयात्रा आगामी पौष ११ गतेसम्म हुने बताइएको छ ।

उक्त यात्रा मैलुङबाट तिरु, ठुलो हाकु, सानो हाकु, नेसिङ, ग्रे, गतलाङ, पार्बतीकुण्ड, चिलिमे, तातोपानी, नागथली, थुमन, टिमुरे हुँदै स्याफ्रुबेसीमा अन्त्य हुने गतलाङका फुर्पुसिङ्गीले बताउनुभयो ।

आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का बर्खास्त

सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई पदबाट बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले अनियमितता गरको र विभागीय मन्त्रीलाई अटेर गरेको भेटिएपछि ...