फागुन ४ मा पनि यसकारण ‘कान्छी’लाई सजिलो छैन

यस वर्षको सबैभन्दा ठूलो महासंग्राम माघ २६ मा हुने लगभग कन्फर्म थियो । कारण, यो मितिमा अनमोल केसी स्टारर फिल्म ‘कृ’ र दया-श्वेता अभिनीत फिल्म ‘कान्छी’ प्रदर्शनमा आउँदैथिए । तर, अनमोलको बढ्दो लोकप्रियतालाई मध्येनजर गर्दै निर्मात्री तथा अभिनेत्री श्वेता खड्काले भुवन केसीलाई सम्मान स्वरुप माघ २६ बाट व्याक हटिन् र ताकिन् फागुन ४ ।

फागुन ४ मा यसअघि नै छविराज ओझा निर्मित फिल्म ‘मंगलम’ प्रदर्शनमा आउने फाइनल भइसकेको छ । अब ‘कान्छी’ आउने भएपछि ‘मंगलम’ व्याक हट्दै त छैन ? भन्ने फिल्मीखबर डटकमको प्रश्नमा निर्माता छविराज ओझा भन्छन्, ‘अहिलेसम्म त यही मितिमा नै आउने हाम्रो तयारी हो । तर, अहिले म वितरक कम्पनी एफडीका पदाधिकारीहरुसँग छलफल गरिरहेको छु ।’ यसअघि ‘मंगलम’, ‘छक्का पन्जा २’ सँग जुध्न तयार भएको थियो ।

फागुन ४ मा यदी ‘मंगलम’ नआए ‘कान्छी’लाई धेरथोर राहत त पक्कै हुनेछ तर अनमोलको ‘कृ’को झट्का साम्य हुन भने गाह्रो देखिन्छ । यसअघि अनमोलका फिल्मले प्रदर्शनको दुई हप्ता मल्टिप्लेक्स र सिंगल हलमा एकलौटी वर्चश्व जमाएका उदारहण छन् । यसकारण पनि ‘कृ’ रिलिजको एक हप्तामै आउने ‘कान्छी’लाई ठूलो असर पर्ने देखिन्छ । ‘कृ’कै कारण छविराज आफ्नो फिल्म ‘मंगलम’ सार्न तयारी अवस्थामा रहेको स्रोत बताउँछ ।

‘कान्छी’लाई यस वर्षको प्रतिक्षीत फिल्मको रुपमा हेरिएका कारण पनि यो फिल्ममाथी ‘कृ’को धक्का नपरोस् भन्ने दर्शक र चलचित्रकर्मीको चाहना छ । तर, एक हप्ताको अन्तरमा आउने ‘कान्छी’लाई ‘कृ’ले बक्स अफिसमा कति ठूलो असर पार्ला ? भन्ने बहसले सिनेवृतमा यतिबेला छुट्टै तरंग पैदा भएको छ ।

आफुखुसी घर बनाउँदा दोश्रो किस्ता बितरणमा समस्या

भुकम्प पछीको पुनःनिर्माणमा नागरिकहरुले आफुखुसि संरचना निर्माण गरेका कारण अनुदान रकमको थप किस्ता बितरणमा कठिनाई भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला सम्पर्क कार्यालय नुवाकोटले जनाएको छ ...