देशका धेरै ठाउँमा बाक्लो हुस्सु

काठमाडौं, पुस १०,काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा अहिले बाक्लो हुस्सु लागेको छ । हुस्सुका कारण भिजिविलिटि १ सय मिटर मात्र हुँदा बिहानको उडान तथा अवतरण प्रभावित भएको त्रिभूवन विमानस्थल कार्यालयले जनाएको छ ।

यो हुस्सु दिउँसोपछि हट्ने मौसमविदले बताएका छन् । हुस्सु हटे पनि पश्चिमी वायुको प्रभावले सोमबार देशभरि कै मौसम आशिंक बदली हुने मौसमविद शान्ति कँडेलको अनुमान छ । तर पानी पर्ने वा हिमपातको संभावना भने नरहेको उहाँले जानकारी दिनुभयो ।

आइतबार न्यूनतम तापक्रम ७ दशमलव ३ डिग्री मापन गरिएको काठमाडौंको सोमबार बिहानको तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियसमा झरेको उहाँले बताउनुभयो । दिउँसो काठमाडौंको अधिकतम तापक्रम १८ देखि २० डिग्री सम्म पुग्ने मौसमविद कँडेलको अनुमान छ ।

पासाङ ल्हामु राजमार्गको व्यवस्थापन तिव्र

जेठ ३२, रसुवा । वर्षायाम सुरु भए लगतै पासाङ ल्हामु राजमार्गका सम्भावित क्षति न्यूनिकरण गर्न ठाउँठाउँमा टेवा पर्खाल लगाउने र सडक फराकिलो बनाउने कार्य तिव्र ...