ओली र प्रचण्डबीच भेटवार्ताको तयारी

रसुवा पुस ११,लामो समयको संवादहिनता तोड्दै नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु मंगलबार छलफलमा जुट्दैछन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएपछि संयुक्त बैठक बस्ने तयारी गरिएको छ ।

चुनावमा तालमेल गरेका एमाले र माओवादीले पार्टी एकता गर्न ‘पार्टी एकता संयोजन समिति’ गठन गरेका छन् । तर शीर्ष नेताहरु सम्मिलित समितिको औपचारिक बैठक भने बस्न सकेको छैन ।

प्रचण्ड गृहजिल्ला चितवनबाट राजधानी फर्किएपछि एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने तयारी गरिएको छ । तर भेटवार्ता र बैठकको समय तय नभएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

यसैगरी प्रचण्डका प्रेस संयोजक मनहरी तिमिल्सिनाका अनुसार प्रचण्ड दिउँसो तीन बजे चितवनबाट काठमाडौं आउँदैछन् । त्यसपछि भेटवार्ता र बैठकको तयारी भइरहेको छ । उनले काठमाडौं फर्किएलगत्तै ओलीसँग भेटवार्ता हुने पक्का भए पनि समय र स्थान निश्चित नभएको बताए ।

भेटवार्तामा राष्ट्रियसभा गठनको विवाद समाधान, नयाँ सरकार गठनको तयारी, एमाले-माओवादी पार्टी एकीकरणको गृहकार्यलगायतका विषयमा छलफल हुने बताइएको छ ।

सिप परिक्षामा सफल भएकाहरुलाई प्रमाण पत्र हस्तान्तरण

रसुवा जिल्लामा नेपाल कृषिवन प्रतिष्ठान र एक्सन एड नेपाल बिचको साझेदारीमा सञ्चालीत कार्यक्रम समुदायको अगुवाईमा सामुदायीक पुनर्निमाण कार्यक्रम अन्तर्गत सिप विकास तालिम र त्यस पश्चात ...