रसुवामा दुई वर्षमा १ सय ६८ मेगावाट बिजुली उत्पादन हुने

रसुवा पुस १२, रसुवामा दुई वर्षभित्र १ सय ६८ मेगावाट बिजुली उत्पादन हुने भएको छ । रसुवामा निर्माणाधिन ८ ओटा जलविद्युत आयोजनामध्ये २ वर्षभित्र ३ ओटा आयोजना सम्पन्न भइ १ सय ६८ मेगावट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिने निश्चित भएको छ ।

अहिले निर्माण भैरहेकामध्ये १ सय ११ मेगावट क्षमताको रसुवागढी जलविद्युत आयोजना, १४.८ मेगावटको साञ्जेन माथिल्लो जलविद्युत आयोजना र ४२.५ मेगावट क्षमताको सान्जेन जलविद्युत आयोजना दुई वर्षपभत्रमा निर्माण सम्पन्न हुने गरी काम भइरहेको छ ।

रसुवाको टिमुरेमा निर्माण भइरहेको रसुवागढीले २०७५ चैतसम्ममा निर्माण सक्ने लक्ष्उका साथ उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिसक्ने आयोजना प्रमुख छबि गैरेले लाङटाङलाई बताउनुभयो । गैरेले भने “२०१९ डिसेम्बरसम्म निर्माण सम्पन्न हुन्छ, । २०२० मार्चदेखि उत्पादन सुरु हुने गरी काम भइरहेको छ ।”

२०७० माघदेखि निर्माण कार्य सुरु भएको आयोजनाको ६० प्रतिशत काम सकिएको आयोजनाका वातावरण तथा जनसम्पर्क अधिकृत तेज साउदले बताउनुभयो ।
त्यसैगरी जिल्लाको चिलिमेमा निर्माण भइरहेका सान्जेन र सान्जेन माथिल्लोले २०७६ को अन्तिमसम्ममा निर्माणसक्ने गरी काम भइरहेका जनाएका छन् । अहिलेसम्म सान्जेन माथिल्लोको ६० प्रतिशत र सान्जेनको ४० प्रतिशत काम सकिएको आयोजनाका प्रशासकीय अधिकृत सुनिलप्रसाद रेग्मीले बताउनुभयो ।
रेग्मीका अनुसार सिभिल ठेकेदार इसिआई बज्रगुरुले निर्माण गरिरहेको सान्जेन माथिल्लो आयोजना २०७५ माघसम्ममा निर्माण सम्पन्न गरिने छ । सन् २०१४ बाट निर्माण सुरु भएको १४.८ मेगावटको आयोजनाको सुरुङ निर्माणको काम सकिएको छ । सुरुङ निर्माण सकिएसँगै सुरुङको सर्पोटको काम भैरहेको आयोजनाले जनाएको छ । यो आयोजनाको भूमिगत सुरुङ एकहजार तीनसय मिटर रहेको छ ।

सान्जेन आयोजना चाहिँ डेढ वर्षमा पूरा हुने उनको भनाई छ । यो आयोजनाको सुरुङ मार्गको काम ५६.३३ प्रतिशत सकिएको आयोजनाको भनाई छ । ५ हजार २ सय ८४ मिटर सुरुङमध्ये दुई हजार नौ सय ७६ मिटर सुरुङ निर्माण भइसकेको छ । पावरहाउस र हेडवर्कसतर्फको कामले समेत तिव्रता पाएको छ ।

संसद भवनमा राखियो राष्ट्रपति निर्वाचन कार्यालय

१७ फागुन, काठमाडौं  फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । बिहीबार नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरभित्र राष्ट्रपति ...