रसुवाकी शान्ति थिङ प्रदेशसभा समानुपातिक संसदमा नियुत्त

रसुवा पुस १२, रसुवाकी शान्ति थिङ प्रदेशसभा समानुपातिक तीन नम्बर प्रदेश सभा सदस्यमा निर्वा्चित हुनुभएको छ । समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत जनजाति तथा महिला कोटाबाट थिङ प्रदेश सभा सदस्य बन्नुभएको हो ।

उहाँलाई नेकपा एमाले रसुवाले समानुपातिक उम्मेद्वारमा सिफारिस गरेको थियो । विद्यार्थी जीवनकालदेखि एमालेको राजनीतिमा लागेकी थिङ हाल नेकपा एमाले जिल्ला कमिटि रसुवाको सचिवालय सदस्य समेत् हुन् ।

नेकपा एमाले तथा वामगठबन्धन रसुवाले प्रत्यक्षतर्फ हार व्यहोरेको भएपनि थिङ समानुपातिक तर्फ निर्वा्चित भएपछि रसुवाका एमाले संगठनमा हौशला थपिएको बुझिएको छ ।

राजनीतिक नियुक्तिलाई पूर्णरुपमा बन्द गर्नुपर्छः शिक्षामन्त्री

२४ भदौ, चितवन । शिक्षामन्त्री धनिराम पौडेलले कृषि विश्वविद्यालयको समस्या नयाँ तरिकाबाट समाधान गर्नुपर्ने बताएका छन् । ‘कृषि विश्वविद्यालय जन्मदा नै समस्या थियो, उनले भने  अब ...