रसुवागढी भन्सारले दैनिक एक करोड राजश्व संकलन गर्दै

रसुवा पुस १५, रसुवागढी भन्सारले हाल दैनिक सरदर एक करोड रुपैया राजश्व संकलन गरिरहेको छ । काठमाडौवाट एकसय ५२ किलोमिट दुरीमा रहेको रसुवागढी नाकामा आर्थिक कारोवार वढिरहेको छ ।

चीनको केरुङवाट नेपालतर्फ रसुवागढी नाका सन्चालन भएसंगै आवतजावतमा वढोत्तरी भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । चीनले गत
सेप्टेम्वर एक तारिखदेखि अन्र्तराष्ट्रिय नाकाको रुपमा मान्यता दिएको रसुवागढी नाकावाट चीनवाट नेपालतर्फ विभिन्न किसिमका सामानहरु आयात हुनुका साथै रसुवागढीवाट चीनतर्फ पनि नेपाली सामान दैनिक रुपमा निर्यात भइरहेका छन् ।

रसुवागढी नाकावाट सामान वोकेर केरुङ हुदै कन्टेनर नेपाल फर्किनुका साथै सामान वोक्नका लागि सयौं कन्टेनर चीनको केरुङतर्फ गइरहेको रसुवागढी
भन्सार प्रमुख गोपाल काइरालाले वताउनुभयो । उहाँका अनुसार पुसको १३ गते विहीवारसम्म मात्रै सो भन्सारले १८ करोड सात लाख रुपैयाँ राजश्व संकलन गरेको छ । भन्सारले पुसमा वांकी १८ करोड रुपैया राजश्व संकलन गर्ने लक्ष्य लिएको कोइरालाले वताए । उनका अनुसार रसुवागढी भन्सारले गत साउनदेखि पुसको दोश्रो सातासम्म कुल एक अर्व ४८ करोड रुपैया राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षमा कुल तीन अर्व ६३ करोड रुपैया राजश्व संकलन गर्ने सो भन्सारले लक्ष्य लिएको छ । वितेको आवको सोही अवधिमा रसुवा भन्सारले एक अर्व ३७ करोड रुपैया मात्र संकलन गरेको थियो ।

रसुवागढी भन्सार टिमुरेले चालु आवको मंसिरमा लक्ष्यको तुलनामा एकसय ६ प्रतिशत वढि ३० करोड ८२ लाख ४२ हजार रुपैया , कार्तिक महिनामा लक्ष्यको तुलनामा एकसय १६ प्रतिशत वढि ३३ करोड ५९ लाख १२ हजार, असोजमा वडादशैंका कारण आयात घटेर १० करोड ४४ लाख ५० हजार, भदौमा ४८ करोड ५२ लाख ८२ हजार र साउन महिनामा ६ करोड ४३ लाख पांचहजार रुपैया राजश्व संकलन गरेको प्रमुख कोइरालाले वताए । रसुवागढी भन्सारले चालु आर्थिक वर्षमा चार अर्व भन्सार शुल्क संकलन गर्ने लक्ष्य लिएको छ ।

बाहिरियो ‘हाइस्कुल’ को किचलो (भिडियो)

केहि समयअघि राजधानीमा भब्य कार्यक्रम गरी वेब सिरिज ‘हाईस्कुल’ को ट्रेलर सार्वजनिक भएको थियो । ‘कार्टुन्ज क्रु’का सरोज र आश्मा पनि उक्त वेब सिरिजमा हुने ...