काटिएको रुखको हांगाले लागेर नुवाकोटमा बुधवार एक वृद्धाको ज्यान गयो

Image

माघ १७
पाटीपानी ,नुवाकोट
काटिएको रुखको हांगाले लागेर नुवाकोटमा बुधवार एक वृद्धाको ज्यान गएको छ ।

विदुर नगरपालिका वडा नं. २ पाटीपानीकी ८८ वर्षीया यिउँकुमारी शाहीको रुखको हांगाले लागेर ज्यान गएको विदुर नपा वडा नं. २ का वडाअध्यक्ष विरेन्द्रकुमार शाहीले जानकारी दिनुभयो ।

स्थानीय गौरीप्रसाद कोइरालाको बारीमा रहेको रुख जीवन तिमिल्सेनाले कटाउनेक्रममा घरनजिकै घाम तापेर बसिरहेकी वृद्धा शाहीलाई रुखको हांगाले लागेर ज्यान गएको हो । रुख काट्न संलग्न कामदार र ठेकेदार जीवन तिमिल्सेनालाई पक्राउ गरि घटनाको अनुषन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

वीरगञ्जमा हतियारसहित प्रदर्शन

२५ असोज- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले सोमबार वीरगञ्जमा घरेलु हतियारसहित प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले हातमा खुँडा, तरवार लगायतका घरेलु हतियार बोकेका थिए । ...