खाल्टेमा रहेको भुकम्पले विस्थापितहरुको शिविरमा शनिवार स्वास्थ्य शिविर

बेत्रावती , माघ २८ ,रसुवा

उत्तरगया गाउंपालिका वडा नं. १ खाल्टेमा रहेको भुकम्पले विस्थापितहरुको शिविरमा शनिवार स्वास्थ्य शिविर गरिएको हो । शिविरमा महिला, वालवालिका,वृद्दवृद्दा तथा सवै उमेर समुदायका विरामीको स्वास्थ्य परिक्षण गरिएको छ ।स्थानीयलाई नियमितरुपमा स्वास्थ्य सेवा पु¥याउने उद्धेश्यले नेपाली चिकित्सकहरुको संस्था आस्क फाउण्डेसनको सहयोगमा भुकम्पबाट विस्थापित खाल्टेका विस्थापितहरुलाई स्वास्थ्य सेवा प्रदान गरेर शुरु भएको स्वास्थ्य शिविर कार्यक्रमलाई निरन्तरता दिइने जनाइएको छ । Ask आस्क पाmउण्डेसनसंगको सहकार्यमा टेलिमेडिसनका माध्यमबाट स्वास्थ्य सेवा उपलब्घ गराउन सासंद मोहन आचार्यको पहलमा शनिवारदेखि सो अभियान शुरु भएको छ ।

नियमितरुपमा स्वास्थ्य शिविर संञ्चालन गर्ने उघ्देश्यले स्वस्थ्य शिविर कार्यक्रम पनि शुरु भएको छ । खाल्टेमा शतप्रतिशत तामाङ समुदायका भुकम्प विस्थापितहरु बसोवास गर्दै आएका छन् ।सांसद मोहन आचार्यको अगुवाईमा विस्थापित शिविर खाल्टेमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा एकसय ६० जनाको स्वास्थ्य परिक्षण गरि आवश्यक औषधि निःशुल्क वितरण गरिएको डा. अनुराग अर्यालले जानकारी दिनुभयो । उहालेस्थानीयवासीले स्वासप्रस्वास तथा मदिरा सेवनका कारण विभिन्न सास्या देखा परेको वताउनुभयो ।शिविरमा संलग्न डा. मुकुल ढकालले भुकम्पवाट विस्थापित स्थानीयमा धुलोधुवाका कारण उत्पन्नन विभिन्न समस्या तथा संक्रमणहरु पाइएको वताउनुभयो ।

शिविरमा डा. समन अर्याल, डा. सुशिल ज्ञवाली, डा. अन्सुमाला अधिकारी, डा.विनिता गौतम र डा. अविनाश पल्लभसहित १४ जनाको स्वास्थ्य टोलीले विरामीहरुको स्वास्थ्य परिक्षण र परामर्श दिएका छन् । शिविरमा आएका मध्ये ६० प्रतिशत महिला तथा वालवालिकामा स्वास्थय समस्या रहेकोमा नियमित तथा स्वस्थ्यकर खानपान गर्न सुझाव दिइएको स्वास्थ्य शिविरको व्यवस्थापक उत्तरगया गाउंपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले वताउनुभयो ।

निर्वाचनका क्रममा जनता सामु गरिएका प्रतिबद्धता पुरा गर्ने परिपाटी अनुसार रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यले स्वास्थ्य शिविरको अगुवाई गरेको लम्सालले वताए । स्वास्थ्य शिविरका लागी आवश्यक निःशुल्क औषधि क्यूमेड फार्मुस्यूटिकल र देउराली जनता फार्मास्यूटिकलले उपलब्ध गराएका हुन् ।

नुवाकोटमा माइक्रोवस दुर्घटना ,११ जनाको मृत्यु

२३ माघ-पासाङल्हामु मार्गअन्र्तगत त्रिशूली काठमाडौं सडक खण्डमा शनिवार दिउँसो भएको माइक्रोवस दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् ...