‘शत्रुगते’ टिमले साट्यो खुसी,‘रुपै मोहनी’लाई १ करोड….

 

Image result for rupai mohani

युट्युवमा अपलोड भएको दुई महिना नपुग्दै फिल्म ‘शत्रु गते’ मा समावेश ‘रुपै मोहनी’ गीतलाई एक करोड पटक हेरिएको छ। गत डिसेम्वर २९ तारिखमा अपलोड गरिएको गीतको भिडियोलाई फेब्रुअरी २२ तारिखमा एक करोड भन्दा बढी पटक हेरिएको हो।

गीतको भ्युज एक करोड भन्दा बढी भएको खुशियालीमा निर्माण पक्षले केक काटेको छ । फिल्ममा अभिभावक तथा निर्माता मह सञ्चारका म अर्थात मदनकृष्ण श्रेष्ठ र ह अर्थात् हरिवंश आचार्यको उपस्थितिमा फिल्म युनिटले केक काटेको थियो ।

उक्त अवसरमा फिल्मका कलाकारहरु दीपक राज गिरी , दीपाश्री निरौला , शिवहरी पौडेल , पल शाह , आँचल शर्मासंगै प्रस्तुतकर्ता किरण केसी र निर्देशक प्रदीप भट्टराई पनि उपस्थित थिए ।

सोहि अवसरमा पलको पनि जन्मोत्सवलाई सेलिब्रेट गरिएको थियो । उनको केक काट्दै निर्माण पक्षले दिर्घायु तथा सफलताको कामना गरेको थियो । ‘रुपै मोहनी’ बोलको गीतमा शब्द लोकराज अधिकारीको रहेको छ भने यसमा संगीत टंक बुढाथोकीले दिएका छन् ।

फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् । फिल्म चैत्र ९ मा रिलिज हुनेछ ।

Image result for rupai mohani

भारत्तोलनमा नेपाललाई पदक

२४ माघ- १२ औं दक्षिण एशियाली खेलकुदमा नेपाली भारत्तोलन खेलाडीले तेस्रो पदक जितेकी छन् ।महिलाको ६३ केजी तौल समुहमा स्न्याचतर्फ ५५ केजी र क्लिन एण्ड ...