होली अफर : भृकुटीमण्डपमा जारी जुत्ता चप्पल मेलामा ५० प्रतिशत छुट

काठमाडौं

काठमाडौंको भृकुटीमण्डपमा जारी जुत्ता, चप्पल मेलामा होली पर्वका अवसरमा ५० प्रतिशतसम्म छुट दिइने भएको छ ।

बिहीबारबाट शुरु भएको जुत्ता चप्पल मेलामा नेपालीहरुको रंगको पर्व होलीका अवसरमा ५० प्रतिशतसम्म छुटको घोषणा गरेको आयोजकले जनाएको छ ।

मेला संयोजक प्रमोद महतोले प्रदर्शनीमा ५ सय भन्दा बढी नयाँ मोडेलका जुत्ता चप्पलहरु राखेको भन्दै  ति सबै जुत्ता चप्पलमा अफर लागु हुने बताए । मेलामा केटिएम सुज, भेनस सुज, प्राइड स्वदेशी जुत्ता,फुट स्टेपस् सुज, हाइलाइफ फुट सुज, क्वालिटी शुज, शुभेक्छा शुज, शिद्धिविनायक फुटवेयर लगायतका ब्राण्डको जुत्ता, चप्पलहरु राखिएको छ ।

नेपालमा उत्पादित जुत्ताचप्पलको बजार विस्तार गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो । मेलामा नेपाली जुत्तालाई सर्वसाधारणले अत्याधिक मन पराएको भेनस शुजका संचालक जिबन श्रेष्ठले बताए ।

दश दिनसम्म सञ्चालन हूने प्रदर्शनीमा अहिले सम्म हजारौँ अवलोकनकर्ताहरुले अवलोकन गरिसकेको छन् । लाखौ रुपैयाँको कारोबार भएको आयोजकले  जनाएको छ । मेला फागुन १९ गतेसम्म चल्नेछ ।

पहिलो भयो सलिन र साम्राज्ञीको रोमान्स, कतार र दुवईमा पनि ट्रेन्डिङमा

गत शुक्रबार रिलिज भएको ‘ए मेरो हजुर २’ को ट्रेलर पहिलो स्थानमा पुगेको छ । ५ दिनसम्म ‘छक्का पन्जा २’ को गीतले रोकेर राखेको चलचित्रको ...