मासिक आधा लाख नेपाली काम खोज्दै विदेशतिर

काठमाडौं । मुलुक छाडेर बर्सेनि करिब ५ लाख नेपाली बिदेसिन्छन् । तीमध्ये लगभग ८० प्रतिशत औसत मासिक २५ हजार रुपैयाँका लागि खाडी मुलुक र मलेसिया पुगेका छन् । स्वदेशमा अवसर र सम्भावना नदेखेर डेढ दशकको अवधिमा ५० लाखले विदेशी भूमिमा रगत–पसिना बगाइसके । अहिले पनि करिब १५ लाख नेपाली ५० डिग्रीको अरबको तातो भोगिरहेका छन् ।

nepali flying abroadको लागि तस्बिर परिणाम

चालु आर्थिक वर्षको साउनदेखि माघसम्मको तथ्यांक हेर्ने हो भने मासिक औसत ५० हजार नेपाली रोजगारीका लागि बाहिरिएको देखिन्छ । गएको महिना माघमा ५२ हजार ४ सय ५२ जनाले श्रमस्वीकृती लिएकोमा ३० हजार ९ सय ७२ जना नयाँ र २१ हजार ४ सय ८० जना पुनः श्रम स्वीकृती लिनेहरु छन् । त्यस्तै पुसमा ५२ हजार ७ सय ९२ जनाले श्रम स्वीकृती लिएकोमा ३० हजार ८ सय ६३ नयाँ र २१ हजार ९ सय २९ जना पुनः स्वीकृति लिने छन् । मंसिरमा पनि यो संख्या ५० हजारभन्दा बढी छ । चालु आवका सबै महिनामा श्रमस्विकृति र पुनस् स्विकृति लिएर विदेशिने नेपालीको संख्या ५० हजारको हाराहाराीमा छ ।

कस्ता काममा जान्छन् धेरै नेपाली :
वैदेशिक रोजगारीमा जाने अधिकांश नेपाली अदक्ष वा अर्धदक्ष छन् । सीप सिकेर जाने प्रवृत्तिमा पछिल्लो समय केही सुधार भएपनि अझैपनि अदक्ष कामदारको नै बाहुल्य देखिन्छ । यसरी बिनासीप जाने कामदारले आफूले चाहेअनुसारको काम पाउँदैनन् । रोजगारदाता कम्पनीले दिएको जस्तोसुकै काम पनि गर्नुपर्ने अबस्था आउने सम्बन्धित कामदार तथा वैदेशिक रोजगारसँग सम्बन्धित व्यक्तिहरु बताउँछन् ।

वैदेशिक रोजगार विभागका प्रवक्ता मोहन अधिकारीका अनुसार धेरैजसो नेपाली कामदार मलेसिया तथा खाडी मुलुकहरुमा छन् र उनीहरुले गर्ने काम धेरैजसो शारीरिक परिश्रम नै हो । धरैजसो कामदार भौतिक संरचना निर्माण, पेन्टिङ, फर्नीचरको काम, फलामको काम, ड्राइभिङ, सेक्युरिटी, होटल तथा गेस्टहाउसमा क्लिनिङ आदिका लागि जान्छन् ।

नेपालबाटै सीप सिकेर जान सकेमा नेपाली कामदारले पनि रोजेको कामसँगै आकर्षक तलब तथा सुविधा पाउन सक्ने प्रवक्ता अधिकारी बताउँछन् । विदेश जानुअघि आफू जाने कामको अनुभव सम्भव भए नेपालमै लिन र त्यो सम्भव नभए कामसँग सम्बन्धित तालिम वा जानकारी लिएर जान विभागले अनुरोध गर्दै आएको छ ।
बाह्रखरी अनलाईन

 

उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान

काठमाडौँ कार्तिक २० दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारलाई ४५ जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको ...