आमासँग अप्रेसनका लागि अस्पताल पुगे नेमार

पेरिस सेन्ट जर्मन(पीएसजी) तथा ब्राजिलका स्टार नेमार खुट्टाको अप्रेशनका निमित्त आमा र ब्राजिल टोलीका चिकित्सकका साथ अस्पताल पुगेका छन्। उनको ब्राजिलको रियो द जेनिरियोको एक अस्पतालमा उपचार हुने भएको छ।

फ्रेन्च लिगा वान फुटबल लिग अन्तर्गत मार्सली विरुद्धको खेलमा उनको दायाँ खुट्टामा चोट लागेको थियो। प्राथमिक उपचारपश्चात उनको पौतलाको औला जोड्ने हड्डी भाँचिएको देखिएको थियो।

ब्राजिल टिमका चिकित्सक रोड्रिगो लस्मरले नेमारलाई पूर्ण रुपमा ठिक हुन साढे दुई देखि तीन महिना लाग्ने बताएका छन्।

उपचारमा त्यत्रो समय लाग्ने भएपछि नेमारले मार्च ६ मा हुने रियल मड्रिडसँगको च्याम्पियन्स लिगको खेल गुमाउँने भएका छन्।

Mum Nadine Goncalves Da Silva was alongside her son as they pulled up to the hospital

मार्सेली विरुद्धको खेलको ७६अाैं मिनेटमा मार्सेलीका मिडफिल्डर बोना सरसँग बलअघि बढाउने क्रममा जुधेपछि उनी लडेका थिए। उनको एंकलमा चोट अाएपछि उनी मैदानमै लडेका थिए। पछि उनलार्इ स्ट्क्चरमा हालेर मैदान बाहिर ल्याइएको थियो।

लडेपछि नेमारले हातले अनुहार छोप्दै रोएका थिए। चिकित्सहरुले उनको उपचारपछि भने उनलार्इ गम्भिर रुपमा चोट नलागेको बताएका छन्। च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गतको रियल मड्रिडसँगको दोस्रो लेगको खेल अाउन ९ दिन अघि नेमार घाइते भएका हुन्। उनी चाडै मैदान नफर्किए पहिलो लेगमा पराजय भोगेको रियलले ठूलो क्षति व्यहोर्नुपर्ने देखिएको छ।

आइतबार राति भएको खेलमा पीएसजीले मार्सेलीलाई ३–० ले हराएको हो। पीएसजीको जितमा केलियन एमबाप्पे र एडिन्सन काभानीले समान एक एक गोल गरे भने मार्सेलीका रोलान्डोले एक गोल आत्मघाती गरेका थिए।

प्रधानमन्त्रीलाई उपेन्द्र यादवको सुझाव- देशको समस्या समाधान नगरी भारत नजानु

२३ भदौ, भैरहवा । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री प्रचण्डलाई संविधान संसोधन नगरी अर्थात देशको मुल समस्या समाधान नगरी भारत नजान सुझाव ...