काँग्रेस संसदीय दलको नेता छनोट गर्न मतदान सुरु

काठमाडौं– काँग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ । दलको कार्यलय सिंहदरबारमा बिहान १० बजेबाट मतदान सुरु भएको हो ।

दलको नेताका लागि सभापति शेरबहादुर देउवा र पुर्व महामन्त्री प्रकासमान सिंहले उम्मेदवारी दिएका छन् ।

काँग्रेस संसदीय दलको नेतामा संस्थापन पक्षले पार्टी सभापति देउवालाई मैदानमा उतारेको हो भने बरिष्ठ नेता रामचन्द्र पौडेलसमूहले पूर्वमहामन्त्री सिंहलाई उम्मेदवार बनाएको हो ।

 

 

मतदानको समय बिहान १० देखि दिउँसो १ बजेसम्मलाई तोकिएको निर्वाचन समितिका संयोजक चीनकाजी श्रेष्ठले बताएका छन् ।

मतदान सकिएपछि मतगणना सुरु गर्ने निर्वाचन समितिले जनाएको छ ।  काँग्रेसका प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फका २३ र समानुपातिकतर्फ ४० गरी ६३ जना सांसद छन् ।

आन्दोलनमा ज्यान गए ५० लाख पाईन्छ : मधेसी मोर्चा

भदौ ३, काठमाण्डौँ मधेस आन्दोलनका क्रममा कसैले ज्यान गुमाए सहिद घोषणा गरेर प्रादेशिक सरकार बनेपछि पचास लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ। सीमांकनको विरोधमा आन्दोलरत ...