नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन्।
उनले प्रकाशमान सिंहलाई पराजित गरेका हुन्।
देउवाले ४४ र सिंहले १९ मत पाएको निर्वाचन समितिका संयोजक चिनकाजी श्रेष्ठले जानकारी दिए।
प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन्।
कांग्रेसका उम्मेदवारले प्रत्यक्षतर्फ २३ स्थानमा जितेका थिए भने बाँकी ४० सांसद समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका हुन्।