पाकिस्तानी प्रधानमन्त्री काठमाडौंमा

इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शाहीद खकान अब्बासी काठमाडौं ओर्लिएका छन् । दुई दिवसीय औपचारिक भ्रमणका लागि उनी नेपाल आएका हुन् ।

पाकिस्तानी सेनाको विशेष विमानबाट यहाँ आएका प्रधानमन्त्री अब्बासीलाई अर्थ मन्त्री डा युवराज खतिवडा र परराष्ट्र सचिव शंकरदास बैरागीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन भन्दै पाकिस्तानका प्रधानमन्त्री शाहीद खाकान अब्बासी नेपाल आएका हुन्। उनको स्वागतका लागि काठमाडौंका सडकमा पाकिस्तान र नेपालका झण्डा राखेर झकिझकाउ पारिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आजै आफ्ना पाकिस्तानी समकक्षीसँग पारस्परिक हित र द्विपक्षीय चासोका विषयमा विचारविमर्श गर्नेछन् । साथै उनले प्रधानमन्त्री अब्बासीको सम्मानमा आज रात्रिभोजको आयोजना समेत गरेका छन् ।

विमानस्थलबाट प्रधानमन्त्री अब्बासी केहीबेर विश्रामका लागि होटल हायात रिजेन्सी गएका थिए । आजै प्रधानमन्त्री अब्बासीको सम्मानमा राष्ट्रका तर्फबाट नेपाली सेनाको एक टुकडीले सैनिक मञ्च टुँडिखेलमा सम्मान गारत(गार्ड अफ अनर) प्रदान गर्नेछ ।

भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भोलि मंगलबार शिष्टाचार भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमण पूरा गरी फागुन २२ गते नै प्रधानमन्त्री अब्बासी स्वदेश प्रस्थान गर्नेछन् ।

रसुवा खाद्य असुरक्षित जिल्ला

१९ मंसिर-रसुवा जिल्ला यस वर्ष पनि खाद्य असुरक्षित जिल्ला भएको छ । विनासकारी भुकम्पपछि सिंचाईका कुलो बिग्रनु कृषि योग्य जमिनमा वालीनाली नलगाउनु, समयमा नै रोपाई ...