मध्यपहाडी लोकमार्गः ६४ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य, ६ महिनामा ६ किलोमिटर मात्रै कालोपत्रे

काठमाडौं। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा चालु आर्थिक वर्षभित्र ६४ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य रहेकोमा ६ महिनाको अवधिमा ६ किलोमिटर सडकमात्रै कालोपत्रे भएको छ।

उक्त आयोजनामा गत आर्थिक वर्षमै सबै १७७६ किलोमिटरको ट्रायक खुलेको, ४४५ किलोमिटर कालोपत्रे भएको र १२५ किलोमिटर ग्राभेल गरिएको थियो।

११० वटा पुल मध्ये ४० वटा निर्माण सम्पन्न भएका छन् भने ३० वटा निर्माणाधिन छन्। यो वर्ष ६४ किलोमिटर कालोपत्रे गर्ने ४१ किलोमिटर ग्राभेल गर्ने र १६ वटा पुल निर्माण गर्ने लक्ष्य रहेकोमा ६ महिना सम्म ६ किलोमिटर सडक कालोपत्रे भएको, ३५ किलोमिटर ग्राभेल भएको र ३ वटा पुल मात्र निर्माण भएको छन्।

राष्ट्रिय गौरवका २१ वटा आयोजनाको लागि छुट्ट्याईएको बजेटमा ६ महिनाको अवधिमा १८ प्रतिशत मात्रै खर्च भएको छ।

चालु आर्थिक वर्षको लागि उक्त आयोजनाहरुमामा ६३ अर्ब ७० करोड ५४ लाख ४४ हजार रुपैयाँ बजेट छुट्ट्याएकोमा ६ महिनामा १२ अर्ब ५ करोड ३५ लाख ६७ हजार रुपैयाँ मात्रै खर्च भएको अर्थ मन्त्रालयको अर्धवार्षिक बजेट समिक्षामा उल्लेख छ।

चालु आर्थिक वर्षमा मध्यपहाडी लोगमार्गको लागि ४ अर्ब २ करोड ७१ लाख रुपैयाँ बजेट छुट्ट्याएकोमा ६ महिनामा १ अर्ब ८ करोड रुपैयाँ मात्रै खर्च भएको छ।

नयाँ शक्तिबाहेक सबै दलसँग सहकार्य गर्न सक्छौँ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश र प्रतिनिधि सभा चुनावमा नयाँ शक्ति पार्टीबाहेकका दलसँग सहकार्य हुनसक्ने बताउनुभएको छ । अगुवा कार्यकर्ताको प्रशिक्षणको लागि ...