‘प्रेमपिण्ड’ मनपर्ने दर्शकलाई ‘पञ्चायत’ : सरोज खनाल

चैत २ गतेबाट अलनेपाल प्रदर्शनको तरखरमा रहेको फिल्म ‘पञ्चायत’ टिम मोफसल यात्रामा निस्केको छ । ५० बर्ष अगाडिको सामाजिक संरचना र त्यो समयका किशोरीहरुको यौन मनोविज्ञानलाई समाजले हेर्ने दृष्टिकोण र छाउपडी प्रथामा बस्ने किशोरीको पीडालाई ‘पञ्चायत’ मा देखाइएको निर्देशक शिवम् अधिकारी बताउँछन् ।
उनी भन्छन्, ‘पञ्चायत’ मौलिक र अर्गानिक फिल्म हो । आजभन्दा ७ वर्ष अगाडि नै फिल्मको कथा लेखेको थिएँ । बल्ल स्क्रिप्टले पूर्णता पाएको छ ।’
बुधवार चितवनको भरतपुरमा पत्रकार सम्मेलनमा आफ्नो भनाई राख्दै अभिनेता सरोज खनालले आफू अभिनीत फिल्म ‘प्रेमपिण्ड’ मन पराउने दर्शकलाई ‘पञ्चायत’ हेर्न आग्रह गरे ।
उनी भन्छन्, ‘वर्षौ–वर्षसम्म अर्काइभ (अभिलेख) गरेर राख्ने खालको फिल्म बनेको छ । एउटा कालखण्डको छाउपडी प्रथा र न्याय प्रणालीको कस्तो थियो भन्ने कुरा ‘पञ्चायत’ हेरेपछि प्रष्ट हुन्छ ।’ अभिनेत्री नीता ढुंगाना ‘पञ्चायत’ गर्व गर्न लायकको फिल्म बनेको बताइन् ।
यो फिल्ममा सरोज र नीताका अलवा रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको अभिनय रहेको छ ।
सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्मलाई गणेश गिरीको प्रस्तुतीमा सुशान्त श्रेष्ठ र शंकर सुवेदीले निर्माण गरेका हुन् । टंक बुढाथोकीको संगीत र रामेश्वर कार्कीको छायांकन रहेको फिल्मलाई विपिन मल्लले सम्पादन गरेका हुन् ।
यसअघि अमेरिकाको क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को शहरमा आयोजित ‘सन् फ्रान्सिस्को चलचित्र महोत्सव’मा ‘पञ्चायत’ ले बिदेशी भाषाको ‘उत्कृष्ट चलचित्र’ विधामा र ‘उत्कृष्ट मुख्य अभिनेत्री’ विधामा पुरस्कार जित्न सफल भएको थियो ।

प्रधानमन्त्रीको भारत भ्रमण सफल भएको सामान्य सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतको भनाई

दाङ भदौ ११, सामान्य सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले प्रधानमन्त्रीको भारत भ्रमणले दुई देश बीचको सम्वन्ध थप प्रगाढ बनाउन भुमिका खेलेको बताउनु भएको छ । ...