बंगलादेशले श्रृलङ्कालाई ५ विकेटले हरायो

t-20 bangladesh vs india vs srilankaको लागि तस्बिर परिणाम

फागुन २७ – भारत,श्रीलंका र बंगलादेश सम्मिलित त्रिकोणात्मक क्रिकेट सिरीजको तेस्रो ‘टी–२०’ खेलमा बंगलादेशले श्रीलंकालाई ५ विकेटले पराजित गरेको छ ।

कोलम्बोमा गएराति भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १४ रन बनाएको थियो । उसका लागि कुशल परेराले ७४ तथा कुशल मण्डिसले ५७ र उपल थरङगाले ३२ रनको योगदान गरे । बलिङतर्फ बंगशलादेका मुस्ताफिकुर रहमानले ३ तथा महमुदुल्लाहले २ विकेट लिए ।

sri lanka vs bangladesh

जवाफमा कीर्तिमानी लक्ष्य बंगलादेशले १९ ओभर ४ बलमा ५ विकेट गुमाउदै पूरा गर्यो । उसका जितमा मुस्किफुर रहिमले अविजीत ७२ तथा तमिम इक्वालले ४७ र लिटोन दाशले ४३ रन बनाए । यसतै सौम्य सरकारले २४ र कप्तान ममुदुल्लाहले २० रनको योगदान गरे ।

टी–२० क्रिकेटमा बंगलादेशले पहिलो पटक यति ठूलो लक्ष्य पछ्याउँदै जित निकालेको हो ।

‘डर’ को शाहरुख खान जस्तो ‘सायद २’मा अमृत ढुङ्गानाको भुमिकाः प्रदीप खड्का

चलचित्र ‘प्रेमगीत २’ को युनिट आज चलचित्र ‘सायद २’ को बिशेष शो मा सहभागी भएको छ । चलचित्र ‘प्रेमगीत २’ का निर्देशक, निर्माता, नायक नायिका ...