भारतमा शर्तसहित ‘इच्छामरण’ गर्न पाइने फैसला

फागनुन २६ – भारतमा अन्तिम अवस्थामा पुगेका बिरामीले इच्छामरण रोज्न पाउने भएका छन् ।

india choice to die ruleको लागि तस्बिर परिणाम

भारतको सर्वोच्च अदालतले मानिसमा सम्मानका साथ मर्न पाउने अधिकार रहेको भन्दै अन्तिम अवस्थामा पुगेका बिरामीले इच्छामरण रोज्न सक्ने फैसला गरेको हो ।

अदालतले मानिसले ‘लिभिङ विल’ भनिने इच्छापत्र लेख्न सक्ने र त्यो इच्छापत्रमा उनीहरूले आफू कथंकदाचित ‘भेजेटेटिभ स्टेट’ अर्थात् पूर्णतः निष्क्रिय र अचेत अवस्थामा पुगेको खण्डमा कृत्रिम ढंगले मात्र जीवित राख्ने उपचारविधि नअपनाइयोस् भन्न सक्नेछन् ।

त्यसपछि केही निश्चित शर्त पालना गरेपछि अन्तिम अवस्थामा पुगेका व्यक्तिलाई कृत्रिम ढंगले जीवित राखिरहने उपचार बन्द गरेर उनीहरुलाई सहज रुपमा मृत्युवरण गर्न दिन सकिने भारतीय संचारमाध्यमले जनाएका छन् । अन्तिम अवस्थामा वा अचेत अवस्था र निको नहुने रोगले ग्रसित भएका बिरामीले मात्र इच्छामरण लिन पाउने कानुनी व्यवस्था ल्याइएको हो ।

तर इच्छामरणसम्बन्धी पत्र दवावमा लेखिएको होइन भनेर कसरी निधो गर्ने भन्ने बारेमा भने अझै स्पष्ट भैसकेको छैन ।

सन् २०११ मा भारतको सर्वोच्च अदालतले विशेष परिस्थितिमा गम्भीर रोगका बिरामीहरूको प्राण जोगाउनका लागि दिइने कृत्रिम चिकित्सा सहयोग बन्द गर्न सकिने फैसला गरेको थियो ।

भूकम्पपछि बन्यो नुवाकोटमै पहिलो नमूना विद्यालय

जेठ २४, नुवाकोट । भूकम्पपछि नुवाकोटको दुर्गम गाउँमा व्यक्तिगत प्रयासमा पहिलोपटक जिल्लाकै उत्कृष्ट नमूना विद्यालयको निर्माण भएको छ । एक वर्षअघि भूकम्पले ध्वस्त सबै प्रकारका ...