प्रसिद्ध वैज्ञानिक ​स्टेफेन हकिङको निधन

stephen hawkingको लागि तस्बिर परिणाम

फागुन ३० –  ब्लक होल र रिलेटिभिटिबारे गहिरो अध्ययन गरेका प्रसिद्ध वैज्ञानीक हकिङको ७६ वर्षको उमेरमा निधन भएको छ । सन् १९४२ जनवरी ८ मा इंग्ल्याण्डको अक्फोर्डमा हकिङको जन्म भएको थियो ।

प्रध्यापक तथा भौतिक शास्त्री स्टेफन हकिङको ७६ वर्षको उमेरमा निधन भएको छ । उनको परिवारले विज्ञप्ति निकालेर हकिङको निधन भएको खुलासा गरेका हुन् ।

हकिङका छोरा छोरी लुसी रोबर्ट र टिमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बुवाको निधनप्रति हामी दुखी छौँ । उहाँ ठूलो वैज्ञानिक तथा अस्वभाविक व्यक्तित्व हुनुहुन्थ्यो । विज्ञानमा उहाँको योगदानलाई विश्वले सँधै सम्झिरहनेछ ।’

हकिङको परिवारले बुधबार बिहान जारी गरेको विज्ञप्तिमा क्याक्ब्रीजको आफ्नै घरमा उनको निधन गएको बताइएको छ । ब्याक होल र रिलेटिभिटी सिद्धान्तमा ठूलो योगदान गरेका हकिङले प्रध्यापनसँगै थुप्रै पुस्तकसमेत लेख्नुभएको छ ।

आइएसले गर्यो‍ दुई जनाको हत्या

३ मंसिर – फिरौती नपाएको भन्दै बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले बन्दक बनाएका दुई जनाको हत्या गरेको छ । अपहरण गरेर बन्धक बनाएका एक जना ...