पपुवा न्युगिनीद्वारा नेपाललाई ११५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं

आईसीसी विश्वकप छनोटको प्लेअफको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले नेपाललाई ११५ रनको चुनौति पेश गरेको छ । खराब ब्याटिङ गर्दै पपुवा न्युगिनीले २७.२ ओभरमा सबै विकेटको क्षतिमा ११४ रन बनाएपछि नेपालले सामान्य चुनौति पाएको हो । पपुवा न्युगिनीका कुनै पनि खेलाडीले १९ रनभन्दा बढी बनाउन सकेनन् । पपुवा न्युगिनीका कार्लस अमिनी १९ जासन किलाले १५ रन बनाएपनि अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।

Get live cricket score of Nepal vs Papua New Guinea, ICC World Cup qualifiers 2018, here. Nepal cricket team and Papua New Guinea will fight it out in the ICC World Cup qualifier for an ODI status

पपुवा न्युगिनीका किप्लिन डोरिगा र सेसी बाउले समान ११–११ रन बनाए । त्यस्तै, कप्तान असद भाला र चड सोपरले समान १०–१० रन बनाएर आउट भएका थिए । नेपालको धारिलो बलिङ सामु पपुवा न्युगिनीका कुनै पनि खेलाडी टिक्न सकेनन् । नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै समान ४–४ विकेट लिए । दीपेन्द्रले ४.२ ओभर बलिङ गर्दै १४ रन खर्चेर ४ विकेट लिए भने सन्दीपले ८ ओभर बलिङ गर्दै २९ रन खर्चेर ४ विकेट लिए । त्यस्तै, नेपालका लागि सोमपाल कामी र करण केसीले समान १–१ विकेट लिए ।

मोर्चाका दुई नेता दिल्ली जाँदै

१९ मंसिर-संयुक्त लोकलान्त्रीक मधेसी मोर्चा सम्बद्ध सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव शनिबार बेलुका भारतको पटना हुँदै ...