एमालेकी शिवमाया तुम्बाहाम्फेको उपसभामुखमा उम्मेदवारी दर्ता

उपसभामुखमा वाम गठबन्धनबाट एमाले सांसद शिवमाया तुम्बाहाम्फेले उम्मेदवारी दर्ता गरेकी छन् । कांग्रेसले पुष्पा भुसाललाई अघि सारेको छ । तर, तुम्बाहम्फेको पक्षमा प्रष्ट बहुमत देखिएको छ ।

 

माओवादीका कृष्णबहादुर महरा सभामुख बनेपछि उपसभामुख एमालेको भागमा परेको हो । सरकारमा जाने तयारीमा रहेको फोरमले पनि उपसभामुख दावी गरेको थियो । तर, एमालेले तुम्बाहाम्फेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उनी समानुपातिक सांसद हुन् ।

चौरीपालक किसानको बढेसँगै रसुवामा चिज उत्पादन बढ्यो

रसुवा कार्तिक २०, रसुवामा यो वर्ष चिज उत्पादन बढेको छ । चौरीपालक किसानको संख्या बढेपछि चिज उत्पादन बढेको हो । भूकम्प जानूअघि झण्डै ३६ हजार ...