परीक्षा ‘फि’ नतिर्दा सुर्खेतका २ सय ८० विद्यार्थी एसइइ परीक्षा दिनबाट बञ्चित

 

सुर्खेतमा यस वर्षको एसइइ परीक्षामा दुई सय ८० विद्यार्थीहरुले परीक्षा दिन नपाउने भएका छन् । जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहले विद्यालयमा अनुपस्थित र परीक्षा ‘फि’ नतिरेका कारण उनीहरु एसइइ परीक्षामा सहभागी हुनबाट बञ्चित भएका हुन ।

 

परीक्षा दिन नपाउने विद्यार्थीमा धेरै जसो ७५ प्रतिशत विद्यालय हाजिरी भएका छन् । जिशिअ शाहले कोही विद्यार्थीहरु पढ्दै गर्दा इन्डिया जाने समस्याले पनि परीक्षा दिनबाट बञ्चित भएको बताउनुभयो । यस वर्षको एसइइ परीक्षामा सुर्खेतबाट ७ हजार ९ सय ९२ विद्याथीहरु सहभागी हुने भएका छन् ।

 

नियमिततर्फ ७ हजार एक सय ७४ र आंशिकतर्फ ८ सय १८ विद्यार्थी एसइइ परीक्षामा सहभागी हुनेभएका छन् । जिल्ला शिक्षा कार्यालयका अनुसार जिल्लामा ३० वटा परीक्षा केन्द तोकिएको छ । परीक्षा केन्द्रमा ७ जनाका दरले ३० वटा केन्द्रमा २ सय ७ जना शसस्त्र प्रहरी र नेपाल प्रहरी खटिने भएका छन् ।

धादिङमा खुँडा प्रहारबाट ६ जना घाइते, ३ को अवस्था गम्भीर

धादिङ, कात्तिक २५ – मध्य धादिङको ज्वालामूखी गाउँपालिका–४ ढोलामा बिहीबार राति भएको झगडामा ६ जना घाइते भएका छन् । ढोला गाविसका पूर्वअध्यक्ष टंकनाथ अधिकारीसँग गाउँका ...