अर्घाखाँचीबाट ३ हजार ७ सय विद्यार्थी एसईई परिक्षामा सहभागी हुने

सन्धिखर्क, अर्घाखाँची चैत्र ५ ।  यही चैत्र ८ गते विहीवार विहान ८ बजे देखि देशभर सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अर्घाखाँची जिल्लाबाट करीब ३७ सय परीक्षार्थी सहभागी हुने भएका छन् । जिल्लाका विभिन्न १६ वटा परीक्षा केन्द्रहरुबाट सन्चालन हुने परीक्षाका लागी नियमित तर्फ छात्र १५८५ र छात्रा १९३३ गरी जम्मा ३ हजार ५ सय १८ जनाले परीक्षा फर्म भरेपनी ८९ जना परीक्षार्थीहरुभने अयोग्य भएका छन । त्यस्तै एक्जाम्टेड ग्रेडबृद्धि तर्फ १ मात्र परीक्षा केन्द्र निर्धारण गरीएको छ । जसमा १ सय २५ छात्रा र ५२ जना छात्र गरी जम्मा १७७ जना परीक्षार्थीहरु परीक्षामा सहभागी हुदैछन ।
यस्तै प्राविधिक बिषयतर्फ ५३ जना गरी कूल ३ हजार ६ सय ५९ परीक्षार्थीले एसईई परिक्षा दिदै छन भने ३ जना परीक्षार्थीहरु आंशिक दृष्टीबिहिन रहेको जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीका जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउत क्षेत्रीले जानकारी दिनु भयो । परीक्षाका लागि १७ केन्द्राध्यक्ष १९ सहायक केन्द्राध्यक्ष १६५ निरीक्षक ८७ जना सहयोगी कर्मचारी र सुरक्षाका लागि प्रत्येक केन्द्रमा १५ जनाका दरले २५५ जना सुरक्षाकर्मी खटीने छन । परीक्षाको लागी आवश्यक सम्पूर्ण तयारी पूरा भएको जिल्ला शिक्षा अधिकारी राउतले बताउनुभयो ।
यसैबीच यस बर्षको एसईई परिक्षालाई मर्यादित र ब्यबस्थीत रुपमा सम्पन्न गर्न जिल्लामा रहेका सरोकारवाला निकायहरुले आग्रह समेत गरेका छन् ।
२०७४ सालको एसईई परिक्षामा खटिने  केन्द्राध्यक्ष ,परिक्षाकेन्द्र विद्यार्थी, कर्मचारी: 
 
– श्याम घिमिरे
 

रसुवामा २० प्रतिशत मतदान

रसुवा मंसिर १०, प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य निर्वाचनअन्तर्गत अहिले बिहान ११ः३० सम्म २० प्रतिशत मतदान भएको छ । मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार अहिलेसम्म ...