टोखा-थानसिङ सुरुङमार्ग निर्माण गर्न चिनियाँ कम्पनीहरु इच्छुक

 

रसुवागढीलाई काठमाडौं नजिक्याउने गरी प्रस्ताव गरिएको टोखा-थानसिङ सुरुङमार्ग निर्माण गर्न चिनियाँ कम्पनीहरु इच्छुक देखिएका छन् । सुरुङमार्ग निर्माणको मोडालिटी टुंगिन बाँकी रहँदा नै चिनियाँ कम्पनीहरुले परियोजनामा चासो देखाएका हुन् । दर्जन भन्दा बढी चिनियाँ कम्पनीले प्रस्ताव पेश गरेको सडक विभागका वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिए ।

टोखा-थानसिङ सुरुङमार्ग तीन वर्षमा, साढे दुई घन्टामै चीनको सिमाना पुग्न सकिने

सबै कम्पनीले निर्माणको एउटै मोडालिटी प्रस्ताव गरेका छन्, इन्जिनियरिङ प्रक्रिर्याेमेन्ट, कन्ट्रयाक्ट एण्ड फाइनान्सिङ (ईपीसीएफ) मोडेलमा सुरुङमार्ग बनाउने । ईपीसीएफ एउटै कम्पनीले वित्तीय स्रोत जुटाएर आफैंले बनाएपछि हस्तान्तरण गर्ने मोडेल हो । परियोजना बनाएबापत सरकारले लागतअनुसार रकम भुक्तानी गर्नुपर्छ ।

 

‘यो प्रोजेक्टमा चासो राख्ने कम्पनीहरु लगातार बढिरहेका छन् । तर, कसरी निर्माण गर्ने भन्ने निर्णय नभएसम्म छलफल अघि बढाउन सकिँदैन,’ श्रेष्ठले भने, ‘अब परियोजनालाई अघि बढाउन के-के गर्ने भन्ने अहिलेकै सरकारमा निर्भर हुन्छ ।’ प्रधानमन्त्री हुनुअघि नै एमाले अध्यक्ष केपी शर्मा ओली रसुवागढी पुगेर काठमाडौंबाट चार लेनको सडक बनाउने बताएका थिए । सरकारको आगमी नीति तथा कार्यक्रममा यो परियोजना अटाउनेमा सडक विभागमा अधिकारीहरु आशावादी छन् ।

 

विभागले काठमाडौंको टोखाबाट नुवाकोटको छहरेसम्म बन्ने सुरुङमार्गको प्रारम्भिक अध्ययन गरेर लगानी जुटाउने प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको छ । अब निर्माणमा जानुअघि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नुपर्छ । अहिले प्रस्ताव राख्ने चिनियाँ कम्पनीहरुले आफैंले डीपीआर तयार गर्ने बताएका छन् । प्रस्तावित सुरुङमार्गलाई बेत्रावती-मैलुङ-स्याफ्रुबेसी सडकमा जोडिनेछ । यो खण्डमा ट्रयाक खोल्न सेनाले काम गरिरहेको छ ।

 

चीन सरकारले पनि स्याफ्रुबेसी-रसुवागढी सडकखण्डलाई दुई लेनमा विस्तार गर्ने गरी डीपीआर बनाइरहेको छ । ‘स्याफ्रुबेसी-रसुवागढी १६ किलोमिटर सडकको डीपीआर चीनले अपि्रलसम्म तयार पार्ने छ । त्यसपछि उसैले निर्माण गर्छ,’ उपमहानिर्देशक श्रेष्ठले भने, ‘हामीले पनि सडकको स्तरीकरण र सुरुङमार्गको निर्माण प्रक्रिया अघि बढाउन ढिलाइ गर्नु हुँदैन ।’

 

प्रस्तावअनुसार काठमाडौंको टोखाबाट नुवाकोटको थानसिंहफाँट छेउ पुग्ने गरी शिवपुरी लेक छेडेर यो सुरुङ बनाइनेछ । झण्डै चार दशमलव दुई किलोमिटर लामो सडक बनेपछि चीनबाट रसुवागढी अढाइ घन्टामा नै पुग्न सकिने अनुमान छ । ‘फास्ट ट्रयाकसँगै यो सुरुङमार्ग तयार हुन सक्यो भने चीन-भारतको दूरी चार घन्टामा छोटिन्छ । यसबाट नेपालले ब्यापारिक तथा आर्थिक लाभहरु पनि लिन सक्छ,’ श्रेष्ठले भने, ‘चीनबाट लोड बोकेर आउने सवारीलाई पनि यो मार्गको प्रयोग निकै सहज हुनेछ ।

 

किनभने यो सडकमार्ग अन्तर्राष्ट्रिय स्तरको हुनेछ ।’ अहिले सेनाले ट्र्याक खोलिरहेको मार्गमा गल्छी-स्याफ्रु सडकमा जस्तो ठूला पहिरोको जोखिम पनि छैन । चीनले तातोपानी नाका बन्द गरेर अहिले रसुवागढीलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । रसुवागढीलाई अन्तर्राष्ट्रिय नाकामा स्तरोन्नति गर्न उसले टिमुरेमा सुख्खा बन्दरगाह निर्माणको काम पनि अघि बढाएको छ ।

 

पशुपतिमा बाला चतुर्दशीको तयारी पूरा

काठमाडौँ कात्तिक २८,पशुपतिनाथ मन्दिरमा यस वर्षको बाला चतुर्दशीका लागि सबै तयारी पूरा भएको छ । कात्तिक ३० गते बिहीबार साँझ दिवंगत पितृको सम्झनामा आफन्तजनबाट रातभर ...