सबै विदेशी राजदूतलाई बालुवाटार बोलाइयो, सरकारको नीतिबारे ‘ब्रिफिङ’ गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थी सरकारको भावी योजना तथा वैदेशिक नीतिका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई ब्रिफिङ गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयको संयोजनमा प्रधानमन्त्रीले नेपालस्थित कुटनीतिक नियोगका प्रमुख, पदाधिकारी र विकास साझेदारहरुलाई आफ्नो सरकारको नीतिबारे सामुहिक ब्रिफिङ गर्न लागेका हुन् ।

 

कुटनीतिक नियोगसँग सामुहिक छलफलको प्रबन्ध परराष्ट्र मन्त्रालयले मिलाएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।मध्याह्न प्रधानमन्त्री निवास बालुवाटारमा हुने ब्रिफिङमा ओलीले नेपालको विदेश नीतिका साथै नेपालमा अब स्थिर सरकार बनेकाले विकासमा साझेदारीको आह्वान समेत गर्ने बताइएको छ । युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण प्रतिवेदन विवादमा परेका बेला सरकारले काठमाडौंमा रहेका सबै कुटनीतिज्ञहरुसँग सामुहिक छलफल गर्न लागेको हो ।

 

 

हल थप्दै ‘छक्का पञ्जा २’

काठमाडौं, कात्तिक ६ – कात्तिक २ गते लक्ष्मी पूजाको अवसर पारेर रेखा थापाको सिनेमा ‘रुद्र प्रिया’ र दयाराम दाहालको निर्देशन रहेको सिनेमा ‘रानी’ रिलिज भए ...