आज ४ बजे संघीय संसदलाई राष्ट्रपतिले सम्बोधन गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय ससंदका दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै छन्। अपरान्ह ४ बजे बानेश्वरस्थित संसद भवनमा दुबै सदनको संयुक्त बैठक बस्दै छ।

 

नेपालको संविधानमा राष्ट्रपतिले संघीय संसदका दुबै सदनको बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ। दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएपछि भण्डारीले पहिलो पटक संसदमा सम्बोधन गर्न लागेकी हुन्।

पत्रकारिता र विपद विषयक प्रशिक्षण सम्पन्न

२८ असार, रसुवा । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजना र रसुवा शाखाको संयोजनमा कालिकास्थानमा पत्रकारहरुका लागि पत्रकारिता र विपद विषयक प्रशिक्षण सम्पन्न भएको छ ...