सफा घर प्रमान पत्र वितरण

0

वडा स्तरिय खानेपानी सरसफाई स्वछता समिति उत्तरगया गाउँपालिका वडा नंं. ५ रसुवाको अयोजनामा सफा घर प्रमान पत्र वितरण कार्याक्रम सम्पन्न भएको छ । उत्तरगया गाउ पालिका ५ का घर परिवारले आफनो घर औसत तथा वातावरणलाई सफा र स्वच्छ बनाई वडाकोे सरसफाई अभियानलाई सुन्दरता र सभ्यताको पहिचान दिन विशेष योगदान पुत्याउनु हुने वडा वासिहरुलाई कार्यक्रममा प्रमाण पत्र प्रदान गरिएको थियो ।

 

आयोजकसंगै रुपान्तरणमा सझेदारि गाउँ पालिका स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको सहकार्यमा उतm कार्यक्रम आयोजन गरिएको थियो । कार्यक्रममा बोल्नु हुदै वडा स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका अध्याक्ष ईश्वर थापाले कार्यक्रमलाई सफल बनाउन आफनो तर्फबाट लागि पर्ने प्रतिवद्दता व्यत गर्नु भयो ।

त्यस्तै गरि गाउँपालिका स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति अध्याक्ष उपेन्द्रा लमसालले खानेपानी सगंसगै आफनो स्वास्थ्यामा पनि ध्यान दिनु पर्ने कुरालाई जोड दिनु भयो । कार्यक्रममा वोल्नु हुदै रुपान्तरमा सझेदारि संस्थाका कार्यक्रम संयोजक लक्ष्मि श्रेष्ठले छोटो समयमा उपलब्धिपूर्ण कार्य गर्न सफल भएको र ५६० घर दरिलाई प्रमाण पत्र वितरण गर्न सफल भएकोमा खुशि व्यतm गर्नु भयो ।

कार्यक्रममा निलकण्ठा मध्यामिक विधालय व्यावस्थापन समितिका अध्याक्ष ओम प्रसाद आचार्य लहरेपौवा वन मध्यावर्ति वन उपाभोतm समितिका अध्याक्ष उतम बहादुर थापा गाउँपालिको वडा न ५ का वडा सदस्य सरोज कुमार न्यौपानेले मन्तब्य राख्नु भयो ।

No comments

विद्याकी देवी सरस्वतीको पूजा गरी श्रीपञ्चमी पर्व मनाइँदै

१ फागुन – श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी शनिबार मनाइँदैछ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन यो पर्व मनाइन्छ । वसन्त ...