प्रहरीका नायब निरीक्षक रामचन्द्र खनियाँले  एक युवतीलाई एसिड हाने

ट्राफिक प्रहरीका नायब निरीक्षक रामचन्द्र खनियाँले हिजो दिउँसो एक युवतीलाई एसिड हानेका छन् ।  पूर्वी चितवनको रत्ननगरमा कार्यरत खनियाँले आइतवार दिउँसो ३ बजेको समयमा भरतपुर महानगरपालिका-४, त्रिचोकमा गोरखा घर भई त्यही ठाउँ डेरा गरी बस्ने २८ वर्षीया कल्पना श्रेष्ठलाई एसिड हानेको प्रहरीले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार ती महिलाको अनुहार, जिउ र खुट्टामा एसिडले जलेको छ । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । घटना भएलगत्तै खनियाँलाई पक्राउ गरी प्रहरीको हिरासतमा राखिएको उनले बताए । श्रेष्ठका श्रीमान् नेपाली सेनामा कार्यरत रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 

तर प्रहरीका जुनियर अधिकृतले नै एसिड हान्नुको कारण भने खुल्न नसकेको ढकालले बताउए। खनियाँ पनि त्रिचोक निवासी हुन् ।

भुकम्प प्रभावित नुवाकोट र रसुवामा साँगितिक प्रस्तुती सम्पन्न

१९ असार-विनासकारी भुकम्पले प्रभावित नुवाकोट र रसुवा जिल्लामा चर्चित गायिका कोमल ओलीले साँगितिक प्रस्तुतीमार्फत बालबालिका तथा अभिभावकको मन उज्यालो बनाउनुभएको छ । ओलीले रसुवा र ...