प्रदेश ३ का प्रदेशसभा सदस्यहरुको लोगो र पोशाक निर्धारण भयो

प्रदेश तीनका प्रदेशसभा सदस्यहरुको लोगो र पोशका निर्धारण भएको छ । कार्यव्यवस्था परामर्श समितिको सुझावको आधारमा सभामुख सानुकुमार श्रेष्ठले लोगो र पोशाक निर्धारण गरेका हुन् ।  लोगोमा गौरीशंकर हिमाल, राष्ट्रिय झण्डा, पशुपतिनाथको मन्दिर,स्वयम्भुको आँखा अंकित चित्र, एक सिंगै गैँडा र रेड पाण्डाको चित्र अंकित हुने प्रदेशसभा सचिव भरत बुढाथोकीले बताए ।

 

कार्यब्यवस्था परामर्श समितिको सुझावमा सभामुखले उक्त निर्णय गर्नुभएको हो, बुढाथोकीले भने ।यसैबीच पोशाकमा कालो कोट, कालो जुत्ता, सेतो रङको दौरा सुरुवाल निर्धारण गरिएको छ । विशेष समारोहमा खैरो कोटसमेत लगाउनु पर्ने निर्णय गरिएको छ । महिलाले आफ्नो भेषभूषा अनुसारको पहिरन लगाउन पाउने व्यवस्था गरिएको समेत सचिव बुढाथोकीले बताए ।

 

पोशाक र लागो निर्धारण नहुँदा रुची अनुसारको कपडामा उपस्थित हुने प्रदेशसभा सदस्यहरु अबको प्रदेशसभा बैठकहरुमा निर्धारित पोशक र लोगो लगाएर आउनुपर्ने हन्छ ।

राजपालाई निर्वाचनमा आउन सरकारले रोक्योः उपेन्द्र यादव

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राजपालाई चुनावमा ल्याउन सरकारले रोकेको आरोप लगाएका छन् । मंगलबार झापाको बिर्तामोडमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रश्न ...