सार्क राष्ट्रहरुमध्ये सबैभन्दा बढि रेमिटयान्स भित्र्याउने देश नेपाल

नेपालले सार्क राष्ट्रहरुमध्ये सबैभन्दा बढि रेमिटयान्स भित्र्याउने गरेको खुलासा भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा नेपाल सार्क राष्ट्रहरुमध्ये सबैभन्दा बढि रेमिट्यान्स भित्रयाउने मुलुक रहेको उल्लेख गरिएको हो । शुक्रबार सार्वजनिक गरिएको प्रतिवेदनमा नेपाल रेमिट्यान्स भित्रयाउने मुलुकहरुको सूचिमा विश्वमै पनि अघिल्लो पंक्तिमा देखिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव कृष्णप्रसाद ज्ञवालीले जानकारी दिए ।

 

प्रतिवेदनमा नेपालमा आर्थिक वर्ष २०७३÷०७४ मा वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या ३ लाख ६२ हजार ७ सय ६६ जना पुगेको छ । हाल वार्षिक रुपमा रेमिटयान्सको रकम ८० हजार ४ सय ६२ रुपैयाँ सम्बन्धित परिवारले लिने गरेको पनि प्रतिवेदनमा औंल्याइएको छ । प्रतिवेदनमा हाल नेपालको श्रम बजारमा करिव ५ लाख नयाँ श्रम जनशक्ति भित्र्ने गरेको पनि उल्लेख गरिएको छ । नेपालबाट हाल सय भन्दा बढि मुलुकहरुमा रोजगारीका लागि जाने गरेको पनि सहसचिव ज्ञवालीले जानकारी दिए ।

 

प्रतिवेदनले मुलुक भित्र रोजगारीको अवस्था सृजना नभएका कारण ठूलो हिस्सा वैदेशिक रोजगारीमा जान बाध्य भएको पनि स्पष्ट पारेको छ । कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले भने प्रतिवेदन वैज्ञानिक र भरपर्दो नभएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले मन्त्रालयका प्रतिवेदनहरुलाई विश्वसनीय बनाउन आवश्यक पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । मन्त्री विष्टले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन आवश्यक पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

धादिङमा वस दुर्घटना १३ घाइते

धादिङ कार्तिक ११,राजविराजबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस आज बिहान ५ बजेतिर त्रिशूली नदीमा खसेर हराएको छ । खचाखच यात्रु लिएर आएको बस गजुरी गाउँपालिकाअन्तर्गत ...