उत्तर कोरियाले आगामी मे महिनामा आणविक भट्टी बन्द गर्ने

 

विगत लामो समयदेखि अमेरिका विरुद्धमा खरो उत्रदै आएको उत्तर कोरियाले आगामी मे महिनामा आणविक भट्टी बन्द गर्ने घोषणा गरेको छ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आइतबार यस्तो घोषणा गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
किम जोन उनको भनाई उध्रित गर्दै दक्षिण कोरियाको ब्लू हाउस अफ साउथ कोरियाका अनुसार अबको एक महिनाभित्रैमा उत्तर कोरियाले मुख्य न्यूक्लीयर टेष्ट साइट खुला रुपमा बन्द गर्नेछ ।

 

दुई दिनअघि भएको वार्तामा दक्षिण कोरियाका राष्ट्रपति मुन जेई इनसँग उत्तर कोरियाका सर्वोच्च नेता उनले त्यस्तो बताएको जनाइएको छ । दक्षिण कोरियाका बरिष्ठ प्रेस सेक्रेटरी योन योङ चानलाई उध्रित गर्दै सिन्ह्वाले जनाए अनुसार अन्तर्राष्ट्रिय समुदायलाई देखाएर पारदर्शी रुपमा उत्तर कोरियाले आणविक भट्टी बन्द गर्नेछ । किम उनले दक्षिण कोरिया र अमेरिकाका प्रतिनिधिहरुलाई साझी राखेरै आणविक भट्टी बन्द गर्ने जनाएका छन् ।

 

उत्तर कोरियासँग प्योङ्री न्यूक्लीयर टेष्ट साइटसहित अन्य छ वटा न्यूक्लीयर टेष्ट साइटहरु रहेका छन् । उत्तरको यस्तो कदमलाई उक्षिण कोरियासहित विश्वभरबाट प्रशंसा सुरु भएको छ ।  यसअघि गत शुक्रबार दुई देशका बीचमा भएको शान्ति वार्तामा कोरियाली प्रायद्धिपमा कुनै प्रकारको हतियारको होडबाजी नगर्ने र गर्न नदिने तथा उत्तर कोरियाले आणविक भट्टी बन्द गर्ने सहमति भएको थियो ।

रसुवाका राजनितीक दलहरुद्धारा निर्वाचन आचारसंहिता पुर्ण रुपमा पालना गर्ने प्रतिवद्धता

रसुवा कार्तिक ७, आगामि मंसिर १० गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको लागि रसुवका सम्पुर्ण राजनितिक दलहरुले निर्वाचन आचारसंहिता पुर्ण रुपमा पालना गर्ने प्रतिवद्धता व्यत्त ...