आफ्नै गाउँघरमा सिरक–डसना बनाएर दैनिक चार हजार रुपैयाँ बचत

देशमा रोजगारीका अवसर नभएको भन्दै युवाहरु विदेशिने क्रम बढिरहेका बेला हुम्लाका एक युवाले आफ्नै गाउँघरमा सिरक–डसना बनाएर दैनिक चार हजार रुपैयाँ बचत गरिरहेका छन् । हुम्ला चंखेली गाउँपालिका–४ का हिक्मत ऐडीले भारतबाट मेसिन ल्याएर हुम्ला सदरमुकाम सिमकोटमा सिरक डसना उद्योग संचालन गरेका छन् । उनले सिरक–डसना धुलाई गरेर दैनिक चार हजार रुपैयाँ बचत गरेका हुन् ।

 

थोत्रा लुगा, कपडा धुलाएर सिरक, डसना बनाईरहेका हिक्मतलाई आजभोलि सिमकोटमा सिरक, डसना र सिरानी बनाउन भ्याई–नभ्याई छ । द्वन्द्वको समयमा माओवादी लडाकु हुँदै समायोजनसम्म पुगेका हिक्मत समायोजनकै समयमा श्रीमती सुत्केरी हुने भएपछि उनले स्वेच्छिक अवकास रोजेर घर फर्किएका थिए । शान्ति पुनर्वहालीपछि उनले दुई बर्ष सिमकोटमा खच्चड चलाएर दिन गुजारेको अनुभव सुनाए ।

 

खच्चड चलाएर मनग्य आम्दानी हुने नदेखेपछि विदेश गएर पैसा कमाउने सोच राख्दै काठमाडौं पुगेका हिक्मतले विदेश जानकै लागि ड्राईभिङ्ग सिके । अन्तरवार्तामा उनको नाम पनि निस्कियो तर प्रवेशाज्ञा नआएपछि काठमाडौंको बसाई र अन्य खर्चको हिसाव गर्दा एक लाख खर्च गरेर उनी फर्किए । विदेश जाने सपना साकार नभएपछि भांैतारिएका हिक्मतलाई उनका एक साथीले यो व्यवसायमा धेरै आम्दानी हुने सुझाएपछि उनको मनमा स्वदेशमै काम गर्ने सोच पलायो ।

 

तर आर्थिक अभावका कारण व्यवसाय शुरु गर्न कठिनाई भईरहेको थियो । ऋण लिएर लगानी गर्दा डुबिने होकि भन्ने मनमा द्विविधा हुँदाहुँदै उनले सिमकोटमा रहेको जग्गा बैंकमा धितो राखेर पाँचलाख ऋण लिएर व्यवसाय शुरु गरेको उनले बताए । व्यवसाय शुरु गर्ने भएपछि घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय, हुम्लाले उनलाई ८० हजार रुपैयाँ सहयोग ग¥यो । ६ लाख २५ हजार लगानी गरेर व्यवसाय शुरु गरेका उनले पाँच क्विन्टलको मेशिन भारतबाट सिमकोटमा पु¥याएका छन् ।

 

‘भारतबाट नेपालगञ्जसम्म गाडीमा र नेपालगञ्जबाट प्लेनमार्फत मेशिन सिमकोट पु¥याउन मेशिनको मूल्यभन्दा ढुवानीमा धेरै खर्च लाग्यो,’ उनले भने, ‘मेशिन खरिद गरेर ढुवानी गरि सिमकोटमा पु¥याउँदासम्म धेरै खर्च भइ सकेको थियो, आम्दानी कति हुने हो भन्ने दोधारमा थिएँ तर आँट गरेरै लगानी गरेका कारण अहिले मनग्य आम्दानी गरिरहेको छु ।’

प्लस टु पास गरेका हिक्मतको कमाई सुनेर अचम्म मान्नेहरु प्रशस्त भए पनि स्वदेशमैं केही गर्नु पर्छ भन्नेतर्फ कमैले ध्यान दिएको हुम्लाका युवा गणेश महतारा बताउँछन् ।

पुराना कपडा मेशिनमा धुलाई गरेवापत प्रतिकिलोको रु ९०, सिङ्गल डसनाको ८ सय, डबल डसनाको ९ सय, सिङ्गल सिरकको ९ सय, डबल सिरकको एक हजार र सिरानीको १ सय पचास ज्याला लिने गरेको हिक्मतले बताए ।

‘मैले कपडा राखेको छैन, मेशिनमा धुलाई गर्ने र बनाएको ज्यालामात्रै लिने गरेको छु । कपडाको गुणस्तर जसलाई जस्तो मन पर्छ त्यही अनुसारको ल्याउनु हुन्छ,’ उनले भने, ‘मैले धुलाई खर्च र बनाउने ज्यालामात्र लिने गरेको छु ।’ सबै खर्च कटाएर दैनिक चार हजार रुपैयाँ बचत हुने गरेको उनले बताए । जिल्लामैं पहिलो पटक शुरु गरिएको सिरक–डसना उद्योगमा दिन प्रतिदिन ग्राहकको चाप बढ्दै गएका कारण आफ्नो काममा सघाउने मान्छेको खोजीमा छन् उनी ।

 

२०७४ फागुन अन्तिम साताबाट एक्लै व्यवसाय शुरु गरेका हिक्मतलाई आजभोलि उनका भाइले समेत सघाउन थालेका छन् । त्यतिमात्र होइन, संघीय संरचना अनुसार स्थानीय स्तरमा चहलपहल बढेका कारण अब केही समयमै स्थानीय तहमा समेत आफ्नो व्यवसाय बिस्तार गर्ने योजना रहेको उनले बताए ।

 

आफ्नो व्यवसायप्रति सन्तुष्ट रहेका २९ वर्षीय हिक्मतले मिहिनेत गरेर काम गरे स्वदेशमैं मनग्य आम्दानी गर्न सकिने भन्दै युवाहरुलाई विदेश मोह त्यागेर स्वदेश मै केही गर्न सुझाए । हुम्ला जाडो ठाउँ भएकाले सबै सिजनमा न्यानो कपडा चाहिने र जिल्ला बाहिरबाट सिरक, डसना र सिरानी बनाएर ल्याउन यातायातको असुविधाका कारण ढुवानीमा कठिनाई हुने भएकाले पनि सिरक, डसना र सिरानी बनाउनेको चाप बढेको व्यवसायी हिक्मत ऐडी बताउँछन् ।

 

-नृपराज हमाल

हल थप्दै ‘छक्का पञ्जा २’

काठमाडौं, कात्तिक ६ – कात्तिक २ गते लक्ष्मी पूजाको अवसर पारेर रेखा थापाको सिनेमा ‘रुद्र प्रिया’ र दयाराम दाहालको निर्देशन रहेको सिनेमा ‘रानी’ रिलिज भए ...