भूकम्प गएको तीन वर्षमा लाङटाङ राष्ट्रिय निकुञ्जमा २६ हजार पर्यटक भित्रिए

भूकम्प गएको तीन वर्षमा लाङटाङ राष्ट्रिय निकुञ्जमा २६ हजार पर्यटक भित्रिएको छ । निकुञ्जका अनुसार बैशाख १२ को भूकम्पपछि पर्यटकको आगमन घटेपनि पर्यटकीय क्षेत्र सुरक्षित सूचना प्रवाह भएपछि सार्क राष्ट्र र अन्य देशका गरी २६ हजार पर्यटक भित्रिएको निकुञ्जले जनाएको छ ।
आर्थिक वर्ष २०७२/७३मा ४ हजार २ सय ९२, ०७३/७४मा ११ हजार २ सय र ०७४/७५मा को साउनदेखि गत चैत्रसम्म १० हजार ७ सय २१ पर्यटक आएको निकुञ्जमा डाटा छन् । लाङटाङ लगायत तामाङ सम्पदा मार्ग, धार्मिक स्थल गोसाईकुण्ड, ऐतिहासिक क्षेत्र रसुवागढी लगायतका क्षेत्रमा पर्यटक आउने गरेका छन् ।
निकुञ्जमा भित्रिएका पर्यटकबाट राजस्व पनि राम्रै संकलन भएको छ । प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार २०७२ देखि ७४ चैत्र मसान्तसम्म पर्यटकबाट ७ करोड ५६ लाख ८२ हजार ६ सय ८ रुपैयाँ राजश्व संकलन गरिएको बताए ।

मौन समयमा ‘पत्रकार सम्मेलन’ गरेर सरकारमाथि खनिए ओली

प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले सरकार र प्रहरी प्रशासनको चर्को आलोचना गरेका छन् । दोस्रो चरणको चुनावको मौन समयको अवधिमा प्रेस चौतारीले एमाले ...