प्रथम नुवाकोट गोल्डकप फुटवल प्रतियोगिताका लागि साकुरा नेपाल कन्सल्टेन्सीले ‘म्यान अफ दी म्याच’ को पुरस्कारका लागि प्रयोजन गर्ने

 

प्रथम नुवाकोट गोल्डकप फुटवल प्रतियोगिताका लागि शैक्षिक परामर्समा बिगत एक दशम देखि सक्रिय संस्था साकुरा नेपाल कन्सल्टेन्सीले ‘म्यान अफ दी म्याच’ को पुरस्कारका लागि प्रयोजन गर्ने भएको छ ।

 

आगामी जेठ १७ गतेदेखि २६ गतेसम्म संचालन हुने प्रथम नुवाकोट गोल्डकप फुटवल प्रतियोगिताको ‘म्यान अफ दी म्याच’ को पुरस्कारका लागि साकुराले प्रयोजन गरेको नुवाकोट एफएमका संस्थापक सदस्य एवं साकुरा प्रबन्ध निर्देशक अनुजकुमार श्रेष्ठले बताउनु भयो ।

football matchको लागि तस्बिर परिणाम

बिदुर नगर पालिका वडा नम्वर २ अशोकबाटिकामा जन्मी हाल बिभिन्न सामाजिक संस्थामा क्रियासिल अनुजकुमार श्रेष्ठले पुरस्कारका लागि एकमुष्ठ ९० हजार रुपैयाँ सहयोग उपलब्ध गराएको बताउनु भयो । एन्फा नुवाकोटका उपाध्यक्ष उद्धव पनेरूले प्रतियोगिताको प्रत्येक खेलमा ‘म्यान अफ दी म्याच’ बन्ने खेलाडीहरुका लागि साकुराले उपलब्ध गराएको रकमबाट पुरस्कृत गर्ने जानकारी दिनु भयो ।

 

उपाध्यक्ष पनेरूका अनुसार जिल्ला खेलकुद बिकास समिति नुवाकोट र नुवाकोट जिल्लला फुटबल संघको आयोजनामा हुने नुवाकोट गोल्डकप फुटबलमा ‘ए’ डिभिजन कल्वहरु र नुवाकोट ११ ले सहभागिता जनाउनेछन ।

सिरियाका बिद्रोही नेताको मृत्यु

११ पुस – सिरियाको प्रमुख बिद्रोही समुह जैश उल इस्लामका प्रमुख नेता राजधानी दमासकस नजिक भएको हवाई आक्रमणको क्रममा मारिएका छन् । हवाई आक्रमणमा परि ...