३ वर्ष भित्र मुलुकलाई विद्युतमा आत्मनिर्भर बनाउने

उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले मंगलबार सार्वजनिक गरेको मन्त्रालयको भावी मार्गचित्रमा ३ वर्ष भित्र मुलुकलाई विद्युतमा आत्मनिर्भर बनाउने उल्लेख गरिएको हो । मंगलबार मन्त्रालयले पत्रकार सम्मेलन गर्दै आउँदो तीन वर्षभित्र नेपाललाई विद्युतमा आत्मानिर्भर बनाउने जानकारी गराएको हो ।

 

भावी मार्गचित्र सार्वजनिक गर्दै उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले विद्युत चुहावट न्यूनिकरण र नियन्त्रण, भार व्यवस्थापन र उर्जा दक्षता कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्ने योजना अघि सारिएको जानकारी दिनुभयो । मार्गचित्रमा लक्षित वर्गमा उर्जा विशेष कार्यक्रम सञ्चालन गरिने स्पष्ट पारिएको छ । मन्त्री पुनले विपन्न वर्गलाई निःशुल्क इनर्जी मिटर जडान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

मन्त्रालयले उत्पादित विद्युत उपभोक्ता समक्ष पुर्‍याउन विद्युत वितरण प्रणालीको आधुनिकीकरण एवम् विस्तार गरिने जनाएको छ । मन्त्री पुनले विद्युत प्रसारण लाइन, सञ्चार पूर्वाधार एवम् राजमार्ग तथा सडकलाई एकिकृत करिडोरको अवधारणा अनुरुप अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । मार्ग चित्रमा सिंचाई क्षेत्रको विकासका लागि सिंचित कृषि क्षेत्रको अभिवृद्धिमा जोड दिने उल्लेख गरिएको छ ।

 

मन्त्री पुनले सिंचाई सेवा शुल्कलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी व्यवस्था मिलाउने जानकारी दिनुभयो । उहाँले तराई–मधेशमा निर्माण भएका ट्यूवबेलहरुमा विद्युत सेवा प्रवाह र सोलार प्रविधिको उपयोग गर्न भरपर्दो वितरण लाइनको व्यवस्था गर्ने, नदी किनारामा अतिक्रमण गरी बस्ती विकास, घर निर्माण र अन्य उपयोग गर्ने कार्यलाई समेत तत्काल रोक्न आवश्यक ऐनको व्यवस्था गर्ने आश्वासन दिनुभयो ।

 

मन्त्रालयले सार्वजनिक गरेको भावी मार्गचित्रमा आगामी १० वर्षलाई उर्जा दशकको रुपमा अघि बढाउने योजना पनि अघि सारिएको छ । मन्त्री पुनले मुलुकलाई समृद्ध बनाउन पानीको उपयोगलाई बढाउने गरी मन्त्रालयले आफ्नो भावी मार्ग चित्र सार्वजनिक गरेको पनि स्पष्ट पार्नुभयो ।

सत्यदेवीमा डोजर दुर्घटना हुँदा एकको मृत्यु

धादिङको खनियावास गाउँपालिका ५ सत्यदेवीमा डोजर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । सोमवार विहान १० वजेतिर ग्रामिण सडक मर्मत गर्ने क्रममा डोजर रोडवाट ...