लागूऔषध विक्री वितरण तथा ओसारपसार गर्ने चार जनालाई प्रहरीले पक्राउ गर्यो

 

लागूऔषध विक्री वितरण तथा ओसारपसार गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले लागूऔषध विक्री गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले जानकारी दिए।

 

पक्राउ पर्नेहरूमा बर्दिया जिल्ला राजापुर ४ का ३० वर्षीय पंकज पुरी, नुवाकोट जिल्ला बागेश्वरी ५ का १८ वर्षीय प्रदीप लामिछाने, बर्दिया जिल्ला मधुवन ५ का २८ वर्षीय थिरबहादुर बस्नेत र गोरखा आरुचनौटे १ घर भएका ४७ वर्षीय किरण श्रेष्ठ रहेका छन्।उनीहरूको साथबाट प्रहरीले साढे १३ ग्राम खैरो हिरोइन र १ लाख ३० हजार रुपैयाँ समेत बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ओली बाहेक सबै शीर्ष नेता तराईमा

प्रदेश नम्बर २ का सकेसम्म धेरै स्थानीय तहमा चुनाव जित्ने लक्ष्यका साथ चुनावमा होमिएका ठूला दलले चुनावी प्रचारलाई तीब्र बनाएका छन् । का‍ंग्रेस, माओवादी केन्द्र, ...