थ्रीस्टार क्लब रमपम गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा

0

थ्रीस्टार सेमिफाइनलमा

बलका लागि प्रतिस्पर्धा गर्दै थ्रीस्टार र मोरङका खेलाडी। तस्वीर- अन्नपूर्ण

थ्रीस्टार क्लब उदयपुरमा जारी पाँचौं रमपम गोल्डकप फुटबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार भएको खेलमा मोरङ ११ लाई ४-१ गोलले पराजित गर्दै थ्रीस्टारले प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएको हो। यो सिजन मोफसलमा खेलेकोमध्ये चार प्रतियोगिताको उपाधि जितिसकेको थ्रीस्टार उदयपुर गोल्ड कपमा पनि उपाधिबाट मात्र दुई जित टाढा पुगेको छ।

 

थ्रीस्टारको जितमा अजय मार्टिनले दुई गोल गरे भने अनन्त तामाङ र रूपेश केसीले एक÷एक गोल गरे। मार्टिनले खेलको ३२औं मिनेटमा गोल गर्दै थ्रीस्टारलाई अघि बढाएका थिए। खेलको ५८औं मिनेट पुनः गोल गर्दै मार्टिनले टोलीको अग्रता दोब्बर बनाएका थिए। पहिलो हाफमा २-० को अग्रता बनाएको थ्रीस्टारले दोस्रो हाफको सुरुवातमै गोल बेहोर्‍यो। अफ्रिकन खेलाडी यमवालाले मोरङ ११ का लागि पहिलो गोल गरेका थिए।

 

तर त्यसपछिको खेलमा थप गोल गर्न नसक्दा मोरङ खेलमा पराजित हुन पुग्यो। मोरङ ११ ले त्यसपछि थप दुई गोल बेहोर्‍यो। थ्रीस्टारका लागि रूपेश केसीले ८५औं मिनटमा र अनन्त तामाङले ८७औं मिनेटमा लगातार गोल गरेका थिए। सुरुवातबाटै सशक्त प्रदर्शन गरेको थ्रीस्टारले खेलमा बलियो पकड बनाएको थियो। त्यसको तुलनामा मोरङले भने प्राप्त सीमित अवसर पनि सदुपयोग गर्न सकेन। मोरङ दुई अफ्रिकन खेलाडीसहित मैदानमा उत्रिएको थियो।

 

थ्रीस्टार भने तीन अफ्रिकन खेलाडीसहित मैदानमा उत्रिएको थियो। टोलीको जितमा उत्कृष्ट प्रदर्शन गरेका थ्रीस्टारका मार्टिन म्यान अफ दी म्याच घोषित भए। उनलाई नगद सात हजारसहित रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले सम्मान गरे। मंगलबारको खेल दमक गोल्डकप विजेता विभागीय टोली नेपाल पुलिस र सुनसरी-११ बीच हुनेछ।

 

-अन्नपूर्ण

No comments

प्रधानमन्त्रीले भने, अब घरजग्गा धितोमा होइन आयोजना जमानीमा ऋण दिइन्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अबका दिनमा घरजग्गा भन्दा पनि आयोजना जमानीमा कर्जा दिइने बताएका छन् । ‘हामीले कसको जग्गा जमिन कति छ भनेर ...