पहिरो खस्दा मुग्लिन – नारायणगढ सडक अबरुद्ध

 

चितवनको इन्छाकामना गाउँपालिका–६, कालिखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। बिहान पौने ६ बजे सडकमा पहिरो खसेपछि यातायात अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। अहिले डोजरको सहायतामा पहिरो पन्छाउने काम भइरहेको छ। पहिरो पन्छाउने काम सकिएपछि सडक खुल्ने प्रहरीले जनाएको छ।

 

पहिरोले सडक अबरुद्ध हुँदा सयौं सवारी साधनको लाम लागेको छ। मुग्लिन- नारायणगढ सडकखण्ड सानो झरीमै पटक पटक अबरुद्ध हुँदै आएको छ। सडकको स्तरोन्नती गरेर ठूलो बनाइए पनि पहिरोले सडक अबरुद्ध हुने क्रम भने रोकिएको छैन।

कागती स्वास्थ्यका लागि निकै लाभदायी फल

कागती स्वास्थ्यका लागि निकै लाभदायी फल हो । स्वास्थ्यमा यसले पार्ने फाइदा र विशेष खालको स्वादका कारण कागती विभिन्न प्रकारका भोजनमा प्रयोग गरिन्छ । यसले ...