बैसाख २७ गतेदेखि सुरु भएको साताव्यापी लाङटाङ साहित्यिक पदयात्रा सकियो

 

रसुवामा बैसाख २७ गतेदेखि सुरु भएको साताव्यापी लाङटाङ साहित्यिक पदयात्रा सकिएको छ।  २०७२ को भूकम्पमा लाङटाङमा ज्यान गुमाएका व्यक्तिहरुको सम्झनामा आयोजित पदयात्रा बुधबार स्याफ्रु आएर सकिएको हो। एक साताको यात्रामा सर्जकहरुले भूकम्पमा ज्यान गुमाएकाहरुको सम्झना तथा वातावरण संरक्षण र पर्यटन विकासबारे कविता वाचन गर्नुका साथै तथा चित्र कोरेको सहभागी फुर्पा तामाङले बताए।

 

Nepal Live

भूकम्पपछि लाङटाङ क्षेत्रमा यात्रा गर्न सुरक्षित रहेको तथा पर्यापर्यटन र संस्कृतिको संरक्षण गरी पर्यटन विकासमा योगदान गर्ने उद्देश्यले पदयात्रा आयोजना गरिएको उनले जानकारी दिए। पदयात्राको क्रममा ‘भूकम्पबाट ज्यान गुमाउनेप्रति लाङटाङमै गएर श्रद्धाञ्जली चढाऔं’, ‘सुन्दरी लाङटाङलाई धित मरुन्जेल चुमेर आऔं’, ‘साहित्यकार पनि पर्यटक बनौं’ जस्ता नारालाई सर्जकहरुले उठाएका थिए।

 

लाङटाङ सुरक्षित रहेको सन्देश दिन रसुवाका साथै नुवाकोट, धादिङ, काठमाडौं र ओखलढुंगाका गरी ११ जना साहित्यकार, कलाकार र पत्रकार लाङटाङ पुगेका थिए। यो यात्राले लाङटाङमा आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने बताइएको छ। २०७२ बैसाख १२ गते गएको भूकम्पमा परेर लाङटाङमा दुई सय भन्दा बढीले ज्यान गुमाएका थिए। भूकम्पपछि बगरमा परिणत भई मानव बस्तीविहीन बनेको लाङटाङमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको छ।

यसरी हुँदैछ नयाँ राष्ट्रपतिको चुनाव, कुल मत-५२७८६

अब हुने राष्ट्रपति र उपराष्ट्रपतिको नयाँ निर्वाचनमा संघीय संसदका ३३४ र प्रदेश सभाका ५५० सांसदहरुले मतदान गर्नेछन् । तर, केन्द्र र प्रदेशका सांसदले दिएको मत ...