नुवाकोट निर्माण व्यवसायी संघले पे्रस विज्ञप्ति मार्फत सरकारलाई दिए यस्तो चेतावनी

 

नुवाकोट निर्माण व्यवसायी संघले आज पे्रस विज्ञप्ति गर्दै जिल्लामा संचालित ढुङ्गा,गिट्टी र वालुवाको उत्खनन र प्रशोधनको लागि दिर्घकालिन कानुन बनाउन सरोकारवाला निकायहरुसँग माग गरेका छन । पत्रकार सम्मेलनमा नुवाकोट निर्माण व्यवसायी संघका अध्यक्ष सुमन अधिकारीले सरकारले छिटो काम गर्न दबाव दिने तर निर्माणजन्य सामाग्रीको उत्खनन पनि गर्न नदिने गरेकाले निर्माण व्यवसायीहरु दोहोरो मारमा परेका बताए ।

 

सरकार र स्थानिय तहले समयमा काम नसक्ने निर्माण व्यवसायीहरुलाई कालो सुचिमा राखी कारवाही गर्ने बताईरहेका छन । तर व्यवसायीहरुले निर्माणजन्य सामाग्रीको मुल्य बढीरहँदा, काम गर्ने मानिसहरुको अभावका साथै कामदारहरुको ज्याला अधिक बृधि हँुदा समेत सरकार मौन बसेको, मुल्य नियन्त्रण गर्न पहल नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन ।

 

निर्माणजन्य सामाग्रीको अभावले निर्माण कार्य समयमा नै सक्न मुस्किल हुने संकेत गर्दै नुवाकोट निर्माण व्यवसायी संघका अध्यक्ष अधिकारीले सरकारको सबै निकायमा तिर्नुपर्ने सेवा शुल्क र कर तिरेपनि व्यवसायिहरुको मर्का राज्यले नबुझेको गुनासो समेत गरे । उनले सरकारले व्यवसायीहरुको मागलाई ध्यान नदिएको भन्दै यस्तै अवस्था रहिरहे घर निर्माणको समयसिमा असार मसान्त ग्रजने बताए ।

सबोच्च अदालतले गत हप्ता मात्र नुवाकोटका क्रसर उधेग बन्द गराउन आदेश दिएपछि जिल्ला प्रहरीले नुवाकोटका क्रसरहरु उद्योग बन्द गराएको थियो । यसले गर्दा जिल्लामा निर्माणजन्य सामाग्रीहरुको अभाव भएको छ र भुकम्पपिडितहरु थप मारमा परेका छन । व्यवसायीहरुले आफनो मागको विषयमा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यलय र सबै स्थानिय तहहरुमा समेत अवगत गराउने बताएका छन ।

कमलादीमा गोली चल्यो, दुई भारतीय नागरिक पक्राउ

१५ कात्तिक, काठमाडौं । काठमाडौंको कमलादीस्थित हेरिटेज प्लाजामा बुधबार साँझ गोली चलेको छ । गोली कसलाई हानिएको थियो भन्ने खुलेको छैन । महानगरीय प्रहरी परिषर, ...