नवलपरासीको रामग्राममा बायोग्यास उत्पादन शुरू

नवलपरासीको रामग्राममा नेपालकै सबैभन्दा ठूलो बायोग्यास कम्पनीले उत्पादन शुरू गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले शनिवार सो कम्पनीको उद्घाटन गरेका हुन् । मन्त्री पुनले सरकार अबको दशकमा देशको ऊर्जा समस्या पूर्णरूपमा समाधान हुने गरी अगाडि बढेको बताए । उनले भने, ‘जमीन, आकाश र जमीनमुनि तीन तहमा रहेको पानीको सही सदुपयोग गरी देशलाई समृद्ध र जनतालाई सुखी बनाउने योजनाका साथ सरकारले आफ्ना योजना अगाडि सारेको छ ।’

 

एलपी ग्यासमा मात्र वार्षिक २४ अर्बभन्दा बढी रकम बाहिरिने भन्दै यसको विकल्पको रूपमा देशभित्रै बायोग्यास उत्पादनलाई सरकारले प्राथमिकता दिने उनले बताए । एनभी पावर इनर्जी एण्ड फर्टिलाइजर प्रालिले उत्पादन गरेको बायोग्यासलाई नजीकका शहरमा पुर्‍याउन पाइपलाइनको व्यवस्था मिलाउनसमेत सम्बन्धित निकायलाई मन्त्री पुनले निर्देशन दिए ।

 

इनर्जीले नेपालमै पहिलोपटक स्वदेशी कच्चा पदार्थबाट खाना पकाउने ग्यास उत्पादन गरी विक्रीसमेत शुरू गरिसकेको उद्योगका सञ्चालक सन्दीपकुमार अग्रवालले बताए । दैनिक ८० सिलिण्डर उत्पादन गरेको उद्योगको क्षमता दैनिक १ सय ५० रहेको छ । उद्योगमा रू. २२ करोड लगानी गरिएको अग्रवालले बताए ।

Image result for biogas in nepal

मकै छोडाउने मेसिन वितरण

रसुवाको नौकुण्ड गाउँपालिकाका कृषक समुहलाई मकै छोडाउने मेसिन वितरण गरिएको छ । गाउँपालिकामा मकै उत्पादन बढ्दै गएकोले कृषकको सहजताका लागि कृषि विकास शाखाले ८ वटा ...